arrow

अष्ट्रेलियाबाट २५५ नेपाली ल्याएर १८ बर्षपछि सिंगापुर एयर काठमाडौंमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
singaporeairlines1.jpg

काठमाडौं। अष्ट्रेलियामा रही ट्राभल व्यवसायमा संलग्न नेपालीहरुको संयुक्त पहलमा सिंगापुर एअरलाइन्स मार्फत दुई सय पचपन्न जना नेपाली स्वदेश फर्किएका छन् ।

यही सेप्टेम्बर १९ मा नेपाल आईपुगेका उनीहरु कोविड १९ को महामारीको कारण अष्ट्रेलियामै बस्न वाध्य बनेका थिए । उनीहरुलाई नेपाल फर्काउन ट्राभल व्यवसायी र अष्ट्रेलियास्थित नेपाली दुतावासले सक्रियता देखाएको थियो । उनीहरुलाई लिएर अठार वर्षपछी पहिलो पटक सिंगापुर एयरलाइन्सको चार्टर विमान नेपाल उत्रिएको थियो ।

उक्त चार्टर उडानबाट नेपाल फर्किने सबै यात्रुहरुले उडान अगाडी ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा ल्याएका थिए । उनीहरु काठमाडौं ओर्लिएपछि १४ दिन होम क्वारेन्टिनमा बस्ने एभरेस्ट ट्राभल्सका संचालक एर्साद अहमदले बताए ।

इकोनोमी तर्फको भाडा प्रतिव्यक्ति १७ सय ३५ अष्ट्रेलियन डलर तोकिएको थियो भने विजेनेस क्लासका लागि २ हजार ३८० डलर भाडा तोकिएको थियो । पहिलो आउने र जरुरी कामको आधारमा प्राथमिकता दिएर यात्रुहरुलाई सेवा दिएको  डिलाईटेड ट्राभल्सका संचालक आशिषजंग थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ