arrow

नवाजुद्दीन सिद्दीकीमाथि करणीको आरोप

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
Nawazuddin-Siddiqu.jpg

काठमाडौं। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीमाथि बलात्कारको आरोप लागेको छ । सिद्दीकीविरुद्ध श्रीमती आलियाले प्रहरीमा उजुरी दिएकी छिन्। नवाजुद्दीनसँग अलग भइसकेकी श्रीमती आलियाले बलात्कार र ठगीको आरोपमा अभिनेताविरुद्ध लिखित उजूरी दिएकी हुन्। मुम्बईको वर्सोवा प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ। आलियाको गुनासोमा प्रहरीले एफआईआर दर्ता गरेको छ।

नवाजुद्दीनबिरूद्ध लिखित गुनासो पेश गर्दै आलियाका वकिलले भने, "आलियाले वर्सोवा प्रहरी चौकीमा बलात्कार, ठगीको विस्तृत लिखित उजुरी दर्ता गरेकी छन् ।" नवाजुद्दीन सिद्दीकीबिरूद्ध भारतीय दण्ड विधानको धारा ४२० र ४९३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आलियाले अदालतमा नवाजुद्दीनसँग सम्बन्धविच्छेदको लागि मुद्दा पनि दायर गरिसकेकी छन्।

यस अघि आलियाले नवाज र उनका परिवारकोबिरूद्ध  बयान दिएकी थिए। आलियाले अहिलेको उजुरी नवाज र उनको परिवारमाथि लगाइएको आरोपको आधारमा दिएकी हुन्। जुलाई २७ मा नवाजुद्दीन र उनको परिवारविरुद्ध आलियाले मुम्बईको एक प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी थिइन् । २७ जुलाईमा दर्ता भएको उजुरीमा जानी जानी कसैमाथि चोट पुर्‍याएको, अपमानित गरेको, धम्की दिएको तथा अपराधिक कार्य गरेको आरोप छ। देवरले कुटपिट गरेको समेत उनले बताएकी छिन्।

आलियाले जानी जानी कोहीमाथि चोट पुर्‍याएको, शान्ति भंग गर्ने उद्देश्यले जानी जानी अपमान गरिएको, धम्की दिएको तथा आपराधिक कार्य गरेको आरोप लगाएकी छिन्। देवर मिनाजुद्दीनले उनकी छोरीमाथी २०१२ मा यौन शोषण गरेको तथा अश्लील भिडिओ समेत पठाएको आरोप उजुरीमा उल्लेख गरेकी थिइन्।

कोभिड १९ को लकडाउनका कारण नवाजुद्दीन सिद्दीकी मुम्बईबाट आफ्नै घर बुद्धानामा फर्किएका छन् । उनी अहिले घरमै रहेका छन्। नवाजुद्दीन सिद्दीकीकी पत्नी आलियाले पेश गरेको उजुरीमाथि नवाजका परिवारका तर्फबाट भाइ फैजुउद्दीन सिद्दीकीले नवाजुद्दीनले आलिया सिद्दीकीसँग सम्बन्धविच्छेद गरिसकेको बताएका थिए। उनले भनेका छन् ,'आलियाले परिवारमाथि झूटा आरोप लगाउँदैछिन, जुन निराधार छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ