arrow

दार्चुलामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ असोज ८ बिहिबार
darchula-election.PNG

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीवारबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ । कार्यालयमा छुटै एकाई स्थापना गरी जिल्ला समन्वय समिति प्रमुख करबिर सिंह कार्की, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीको विवरण संकलन गरी शुरूवात गरिएको हो ।

संकलन कार्य सुरु भएको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले  राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले बनाउनुपर्ने बताए । उहाका अनुसार नागरिकता बनाएका नागरिकले जिल्ला प्रशासनमा आई आफ्नो विवरण भर्न सक्ने छन् । 

जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बसोवास गर्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांकमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको प्रजिअ पोखरेलले बताए ।

अहिले विवरण संकलन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयबाट सुरु गरिए पनि केही दिनपछि स्थानीय तहहरुबाटै संकलन गरिने व्यवस्था मिलाइने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ