arrow

पुनर्निर्माणमा प्रतिबद्धता जनाएको १ अर्ब ५४ करोड उपलव्ध गरायो भारतले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ८ बिहिबार
india-handover-nepal.jpg

काठमाडौं। भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई दिने प्रतिबद्धता जनाएको रकममध्ये १ अर्ब ५४ करोड बराबरको चेक नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 

नेपालस्थित भारतीय दुतावासको नियोग उप–प्रमुख नामग्य खम्पाले सो रकम अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् । 

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । 

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माणतर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकारले प्रतिबद्धता जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ