arrow

नेपालकै ठुलो विद्युत गृह बन्द, लोडसेडिङ भार थपिन सक्ने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
kaligandki-A--1.jpg.jpeg
स्याङ्जा।नेपालको सबै भन्दा धेरै विद्युत उत्पादन गर्ने गृह एक साताका लागि बन्द गरिएको छ। स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस स्थित कालीगण्डकी ‘ए’ जलबिद्युत गृहमा यान्त्रीक गडबढी भएपछि मर्मतका लागि बन्द गरिएको हो।  
एक सय ४४ मेघावाट विद्युत मर्मतका लागि भन्दै आयोजनाले बन्द गरेको जनाएको छ।
 
गृह स्थापना देखि संचालनमा आएदेखि बेला बेलामा गृहको अद्यावधिक गर्नुपर्ने थियो। तर आयोजना निर्माण भएयता मर्मत गरिएको थिएन। 
मर्मतका लागि उपकरण जडान गर्ने जापानीज कम्पनीले नेपाली प्राबिधिकको सुपरिवेक्षणमा मंगलबार बिहानदेखि मर्मत गरिरहेको आयोजना प्रमुख श्रीराम राज पाण्डेले जानकारी दिए। 
 
कालीगण्डकी ‘ए’ बाट ४८÷४८ मेगावाटका ३ वटा टर्वाइन मार्फत एक सय ४४ मेगावाट बिद्युत उत्पादन हुनेगर्दछ। तर, मंगलबारदेखि ३ वटै टर्वाइन बन्दगरी मर्मत कार्य सुरु गरिएको हो। एक सातासम्म पूर्णरुपमा बिद्युत गृह बन्दगरी मर्मत कार्य सुचारु गरिनेछ। कालीगण्डकी ‘ए’ बन्द हुदा मुलुकभर लोडसेडिङ्को भार थपिन सक्ने संकेत आयोजना प्रमुख पाण्डेले गरे। मंगलबार बिहान ७ बजेसम्म २ वटा टर्वाइनबाट ९० मेगावाट उत्पादन भएकोमा ७ बजेपछि पुरै बन्द गरिएको थियो।
 
जापानीज प्राबिधिकले पेनस्टकदेखि परियोजनामा जडान गरिएका बिद्युत उत्पादन सम्बन्धी सवै उपकरण, सुरुङ मार्ग लगायत सबै किसिमका यान्त्रिक उपकरणको मर्मत गरिनेछ। चौध बर्षअघि उपकरण जडानगरी बिद्युत उत्पादन सुरु गरिए पनि मर्मत भने गर्नु परेको थिएन्। स्थापनाकालपछि लामो समय लिएर मर्मत गरिएको यो पहिलो पटक हो।
 
विद्युत गृहको ड्यामसाइड पनि पहिरोको जोखिममा परेको छ। गतबर्ष पहिरो रोक्ने काम गरिएको थियो।अहिलेको बर्षायाममा ड्यामसाईडको पहिरो रोकथाम हुन सक्ने शंका जटिल बनेको स्थानीयले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ