arrow

जीवन

logo
डा. चन्द्र भण्डारी
प्रकाशित २०७७ असोज ९ शुक्रबार
chandra-bhandari-congress.jpg

साँच्चै जीवन के हो बुझ्न सकिन,
जब बुझें,  वशमा थिएन । 
जीवनको बाटो कठिन थिएन,
तर पहिल्याउन सकिन ।
सहारा विनाको  जीवन,
लक्ष्य विनाको यात्रा रहेछ ।
दुश्मनहरुको लखटाइलाई,
बुझ्नै सकिन ।
सत्यमात्र रहेनछ जीवन,
झुटको खेती गर्न सकिन ।
जीवनको अर्थ धेरै रहेछ,
शब्दकोष थिएन ।
कमजोरीका पोकाहरु,
 कसरी सुनाउँ रमाउनेलाई ।
जीवन उपभोग  रहेछ,
आदर्श उपहास रहेछ ।
जीवनको महत्व नबुझ्नेसँग,
 प्रश्न कसरी उठाउँ ।
जीवनलाई  पद र पैसासँग जोड्नेहरुलाई,
कसरी अंकमाल गरुँ !
गर्न चाहन्थे कहाँ हराए,
लाग्छ जीवनको संघर्षको कुनै अर्थ रहेन ।
जय नेपाल । 

(कवि डा. भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ