arrow

एकल महिलालाई स्वास्थ सामग्री 

logo
प्रकाश बम,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
120129592_435281660767229_2.jpg

डोटी । सामाजिक सेवा दिवसको अवसरमा एकल महिलाहरुलाई स्वास्थ सामग्री वितरण गरिएको छ । बिहीबार ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिका – ३ का एकल महिलाहरूलाई स्वास्थ सामग्री वितरण गरेको हो । 

वितरण कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका –३ वडाध्यक्ष चक्र माझीले गैरसरकारी संस्थाहरुले सामाजिक सेवाका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए । अध्यक्ष माझीले भने, ‘स्थानीय र नागरिक संस्था मिलेर जानु पर्नेमा जोड दिए ।’
   
वितरण कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ डोटी शाखाका अध्यक्ष रघुबहादुर कठायतले थोरै भए पनि राहत हुने बताए । 

उनले भने, ‘समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि दिवसको महत्त्व रहेको छ ।’

दिसिनपा – ३मा रहेका दुई  दर्जन भन्दा बढी महिलाइहरुलाई साबुन, सर्जिकल माक्स लगायतका स्वास्थ सामग्री वितरण गरेको अध्यक्ष कठायतले बताए ।

कार्यक्रममा बोल्दै सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले सामाजिक सेवामा गैरसरकारी संस्थाहरुले उदाहरणि कार्य गरेको बताए ।

गैरसरकारी संस्था महासंघ डोटीको आयोजना तथा सामुदायिक बिकास केन्द्र डोटी, गुड नेभर ईन्टरनेशनल र सम बिकास केन्द्र डोटीको आर्थिक सहयोगमा वितरण गरिएको जनाएको छ।

२०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो । ‘सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ’ भन्ने उद्देश्यले परिषद्को स्थापना भएको थियो ।

समाज सेवामा नागरिकको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो । 

यस वर्षको सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ । 

जिल्लामा विभिन्न कार्यक्रम गरि  दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ