arrow

डा गोविन्द केसीको स्वास्थ्य बुझ्न केसीत्रय शिक्षण अस्पतालमा

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
dr-kc-arjun-kedar.jpg

काठमाडौं । चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर सत्याग्रहमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझन् नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । 

१२ दिनदेखि सत्याग्रहमा रहेका केसीको स्वास्थ्य गम्भीर बन्दै गइरहेको छ । उक्त क्रममा डा केसीले बोल्न असहज हुँदाहुँदै पनि ‘आफूलाई अपहरणको शैलीमा शिक्षण अस्पताल ल्याइएको’ बताएका थिए । 

नेता केसीले डा केसी आफ्ना मागमा दृढ रहेको पनि स्पष्ट पारेका छन् । नेता केसीले भने, ‘उहाँ आफ्नो मागमा स्पष्टभ र दृढ रहेको पाएँ ।’

डा केसीको अवस्था बुझ्न नेता केसीका तीन भाइ नै अस्पताल पुगेका थिए । पूर्वसहामन्त्री केसीसहित नुवाकोट कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसी र नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी पनि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । 

सरकारले डा केसीसँग गरेका सहमति पालना गरेको छैन भने बेथिति अन्त्य पनि गरेको छैन । जुम्लामा अनसनरत डा केसीलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो । 

र पनि सरकारले उनका माग सम्वोधन गर्ने कुनै चासो देखाएको छैन । उनी यसअघि १८ पटक सत्याग्रहमा बसिसकेका छन् । 

यसपटक ६ वटा मागहरु राखिएको छ । ती मागहरु निम्न छन् ।  
सत्याग्रहका मागहरु
१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् ।  गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
२, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।
३, हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् । चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सीट कायम गरियोस् ।
४, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
५, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् ।
६, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस् । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ