arrow

दिगो कृषि विकासबारे राष्ट्रिय सम्मेलन

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
farmer-agriculture.jpg.jpeg
काठमाडौं। कृषि क्षेत्रको दिगो विकासका लागि राजधानीमा राष्ट्रिय सम्मेलन हुने भएको छ।
 
जेठ १६ र १७ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका कृषि विज्ञले दिगो कृषि विकासको सम्भावना र चुनौतिबारे छलफल गर्ने आयोजक संस्थाका प्रतिनिधि विश्वम्भर प्याकुरेलले जानकारी दिए। इन्टरनेसनल फूड पोलिसी रिसर्च इन्सिटच्युट (इफ्री), नेपाल इकोनोमिक एसोसिएसन (एनइए) र इन्स्टिच्युट फर इन्टिग्रिटेड डेभलपमेन्ट स्टडिज् (आइआइडिएस)को संयुक्त आयोजनामा सो सम्मेलन हुन लागेको हो।
 
सम्मेलनमा कृषि क्षेत्रका चुनौती, सम्भावना, कृषि उत्पादकत्व, प्रवृत्ति, स्रोत र साधनको उपयोग, समावेशीकरण, बसाइँसराइ, केरारखेती, विश्व व्यापार सङ्गठनका मुद्दालगायतका विषयमा छलफल गरिने छ।
 
कार्यक्रममा विश्व खाद्य नीति प्रतिवेदन २०१६ सार्वजनिक गरिने छ भने खाद्य र पोषण सुरक्षासँग सम्बन्धित विषयमा छलफल गरिने बताइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ