arrow

गोदरेज अप्लायन्सको चाडपर्व अफर सार्वजनिक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
cg-godrej.jpg

काठमाडौं । दशैं र तिहारलाई लक्षित गर्दै दोगरेज अप्लायनसले आफ्नो फर सार्वजनिक गरेको छ ।

अप्लायन्सले ‘हेल्थी फर यु, हेल्थी फर द प्लानेट’ भन्ने नारासहीत २५५ सम्मको क्यासब्याक अफर सार्वजनिक गरेको हो ।

नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजिरेटर, डबल डोर रेफ्रिीजिरेटर, वासिङ मसिन, माइक्रोवेब ओभन, चेस फ्रिजर लगायतका घरायसी सामग्रीहरु उपलब्ध रहेका छन् ।

आफ्नो नयाँ उत्पादनलाई अग्रसर गर्दै, गोदरेज अप्लायन्सले भाइरोशिल्ड भन्ने नयाँ सामाग्री उत्पादन गरेको छ ।

नेपाली बजारमा पनि उक्त भाइरोशिल्डको बिक्रि वितरण शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।
अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भाइरोशिल्ड उत्पादन गरेको दावी गरेको छ ।

भाइरोशिल्डले २ देखि ६ मिनेटमा कोभिडलाई निसंक्रमण गर्ने क्षमता राख्ने दावी कम्पनीले गरेको छ ।

भाइरोशिल्डामा विभिन्न वस्तुहरु खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहा (साना), मोबाइल, ट्याब्लेट, वालेट पर्स, सुनका गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी कागजात लाई निसंक्रमण गर्ने कम्पनीको दावी छ ।

उक्त भाइरोशिलट ३० लिटर क्षमतामा नेपाली बजारमा पाइने समेत कम्पनीले जनाएको छ ।

गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गु्रप अन्तर्गतको सीजी इओएल हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ