arrow

प्याजमा कालोबजारीः अनुगमन टोली पुगेपछि व्यवसायीको भागाभाग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
asoj_foto._._.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोली पुगेपछि तरकारी व्यवासायीहरुको भागाभाग परेको छ ।

धुम्बाराही तरकारी बजारका आलु प्याज व्यवसायी महानगरको अनुगमन टोली पुग्ने वित्तिकै पसल छाडेर भागेका हुन् ।

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बिक्री गर्द आएका ७ जना व्यवसायी  अनुगमन टोली पुग्ने वित्तिकै भागेका महानगरपालिकाको अनुगमन समितिले जानकारी दिएको छ ।

सोही बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत  खानेकुरामा ढुसी र ओस आएको अनुगमनमा सहभागि उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए ।

अन्य व्यवसायीले त्यसै किसिमको कैफियत गरेको भएर भागेका हुन सक्ने अनुमान अनुगमन टोलीको थियो ।

तिमिल्सिनाका अनुसार सो पसलले बिक्री गर्न राखेको दालमा कीरा समेत परेको थियो ।

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलोग्राम मैदा, ४५ किलोग्राम आँटा, १० किलोग्राम सोयाबिन बरामद गरेको छ जानकारी दिएको छ ।

त्यस्तै कीरा परेको ७० किलोग्राम मासको दाल र ९० किलोग्राम रहरको दाल बिक्री रोक्का  महानगरपालिकाले जानकारी दिएको छ ।

दशैं र तिहार नजिकिएसँगै काठमाडौं महानगरपालिकाका कृषि विभागको टोली बजार अनुगमनमा आक्रामक देखिएको छ ।

उक्त टोलीले गरेको अनुगमनकै कारण पछिल्लो समय काठमाडौं उपत्यकामा प्याजको मूल्य समेत गत वर्षको जस्तो बढ्न पाएन ।

गत वर्ष भारतले प्याजको निर्यात रोकेपछि प्रतिकिलोग्राम २ सय ५० रुपैयाँसम्म पुगेको थियो ।

यसर्ष पनि गत भदौ अन्तिम साता भारतले प्याजको निर्यातमा रोक लगाएपछि काठमाडौंमा ३ दिनमै प्याजको मूल्य दोब्बर बढेको थियो ।

तर, काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले निरन्तर अनुगमन गरी अत्यधिक मूल्य बढाउने व्यवसायीबाट प्याज समेत बरामद गर्न थालेपछि पछिल्लो समय प्याजको मूल्य नियन्त्रणमा रहेको उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले बताए ।

अनुगमन टोली महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीको नेतृत्वमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ