arrow

आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ९२ अर्ब रेमिट्यान्स

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
NRB.JPG

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ९२ अर्ब रुपैयाँ रेमिट्यिान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

उक्त रेमिट्यान्स गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा २३ प्रतिशतले बढि भएको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स अप्रवाह साढे १४ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको तुलनमा रेमिट्यान्स २ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सँख्यामा करि सय प्रतिशतले गिरावट आएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा गत साउनमा ९९ दशमलव २ प्रतिशतले अन्तिम श्रम स्वीकृति लिनेको सँख्यामा कमी आएको जानकारी दिएको छ ।

यो वर्ष श्रम स्वीकृति लिनेको सँख्या उच्च दरले घटेपनि यसअघि देखि नै विदेशमा रहेका नेपालीले पैसा पठाउँदा रेमिट्यान्स बढेको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो महिनाकाे एवं वतर्मान आर्थिक एवंम वित्तीय स्थिति सार्वजनिक गरेकाे हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ