arrow

मेशिनको प्रयोग गरेर आध्यात्मिक अनुसन्धान

के हो डिडिएफएओ, कसरी गर्छ आध्यात्मिक अनुसन्धान ? 

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
ddfao.png

काठमाडौं ।  स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ) ले आध्यात्मिक आयाममा २५ वर्ष भन्दाबढि समय देखि अनुसन्धान गर्दै आएको छ । आध्यात्मिक अनुसन्धान केवल छैटौं इन्द्रियबाट मात्रै थाहा पाउन सकिन्छ । जुन पाँच इन्द्रियहरु, मन र बुद्धिको मिश्रणभन्दा बाहिरको कुरा हो ।  आध्यात्मिक अभ्यासको माध्यमबाट उन्नत छैटौं इन्द्रिय भएको साधकहरुले आध्यात्मिक संसारलाई अनुभव र आध्यात्मिक आयाममा देख्न सक्षम हुन्छन् । जुन साधारण मानिसको लागि सम्भव हुँदैन ।

हालै  बायोफिडब्याक यन्त्रको प्रगतिसँगै, एसएसआरफले यी यन्त्रहरु विभिन्न उत्तेजनाहरुको आभा, ऊर्जा प्रणालि र चक्रहरु मा प्रभाव अध्ययन गरेको छ । अध्ययनले आध्यात्मिक माध्यम मार्फत एसएसआरफले प्रमाणित गरेका अनुसन्धानलाई थप टेवा पुर्‍याएको छ । 

डिडिएफएओ एक फ्रांसीसी यन्त्र हो । जुन कम्प्युटर-एडेड स्क्रीनिंगमा काम गर्दछ  । डिडिएफएओ शरीरको विद्युत गतिविधिको माप गर्दछ ।  ईईजी र ईसीजी मा उपयोग गरिएको सिद्धान्त नै यसमा उपयोग गरिन्छ तर मस्तिष्क र हृदयको गतिविध मात्र ध्यान केन्द्रित गर्नुको अपेक्षा सम्मपूर्ण शरीरमा इलेक्ट्रोसोमाटो ग्राम वा (ESG) रेकर्ड गर्नमा प्रविधि लागू हुन्छ ।

डिडिएफएओ मा समावेश उपकरण मूलत यस्त छन् । प्लास्टिकको बक्समा राखिएको एउटा माप उपकरण. ६ इलेक्ट्रोडहरु (electrodes), निधारको लागि दुईटा आफै टासिने इलेक्ट्रोड, हातको लागि दुईटा plaques, र दुईटा plaques खुट्टाको लागि, अनि चलाउनको लागि  कम्प्युटर सफ्टवेयर ।
 
इलेक्ट्रोडस व्यक्तिको हात, खुट्टा र निधारमा टासिन्छ अनि शरीरमा बिजुलीको गतिविधि नापन व्यक्तिको शरीरमा कम बिजुलीको प्रवाह गरिन्छ । त्यसपछि विभिन्न एल्गोरिदम (algorithms) चलाउँदै, तथ्याङ्क अन्ततः कम्प्युटरमा ग्राफिक ढाँचामा परिणाम प्रदर्शित गरिन्छ । एउटा यस्तो ग्राफिकल तथ्याङ्क चक्रहरुको अवस्था प्रदर्शित गर्दछ ।  

हाम्रो दैनिक गतिविधिहरुले कसरी आध्यात्मिक प्रभाव पर्छ र तिनीहरुले हाम्रो चक्रहरु अनि आध्यात्मिक अभ्यासमा कसरी प्रभाव पार्छ एसएसआरफले डिडिएफएओ विभिन्न परीक्षण गर्नको लागि उपयोग गर्‍यो  ।

'हामी हरेक दिन मानिसहरुलाई हेर्छौं, साथी अनि सहयोगिसँग कुराकानी गर्छौं तर हामीलाई त्यसको आध्यात्मिक प्रभावको खासै भान हुँदैन ।  डिडिएफएओ को मद्दतद्वारा अब हामीले जुन व्यक्तिसँग कुराकानी गर्छौं त्यस व्यक्तिको आध्यात्मिक स्तर अनुसार प्रभाव देखाउन सक्छौं । हामीले अन्य तुलनात्मक परीक्षणहरु गरेका छौं जस्तै शाकाहारी र मांसाहारको प्रभाव, कपडाको प्रकारहरु, संगीतको प्रकारहरु जुन हामी सुन्छौं, र रक्सी अनि फलको रस जुन हामी पिउछौं  ।'


 
कुण्डलिनी चक्रहरू सूक्ष्म अमूर्त केन्द्रहरू हुन् जुन मानव अस्तित्वको विभिन्न निकायहरुको कामकाजको लागि आवश्यक सूक्ष्म ऊर्जालाई बराबर सन्तुलनमा राख्दछ । यी चक्रहरूको कार्यप्रणाली त्यस चक्रसँग सम्बन्धित शरीरको अङ्गहरूको कार्यलाई असर गर्दछ । सात मुख्य चक्रहरू छन् र तिनीहरु मेरुदण्डको स्तम्भसँग पंक्तिबद्ध बस्छन् ।

सात मुख्य चक्रहरु अर्थात ऊर्जा केन्द्र जसको अलग-अलग अनि सम्बन्धित गुणहरू छन् । माथिल्लो चार चक्रहरू हृदय क्षेत्रबाट सुरु हुन्छ । हृदय चक्र (अनाहत-चक्र): यो चाहना गुणसँग सम्बन्धित छ । अर्को गला चक्र (विशुद्ध-चक्र): यो सांसारिक र आध्यात्मिक भावनाहरुको गुणसँग सम्बन्धित छ । मध्य-आँखीभौं चक्र (आज्ञा-चक्र): यो एकाग्रताको गुणसँग सम्बन्धित छ । सहसरार-चक्र: यो ईश्वरिय सिद्धान्तको अनुभव प्राप्त गर्नसँग सम्बन्धित छ  । 

तीन तल्लो चक्रहरू अर्थात नाइटो क्षेत्रबाट सुरु भई मेरुदण्डको अन्तिम भागसम्म जान्छन् ।  नाभि चक्र (मणिपुर चक्र) : यो चक्र मनपर्ने र मननपर्ने गुणहरुसँग सम्बन्धति हुन्छ ।  स्वाधिष्टान-चक्र : यो चक्र कामुक, शारीरिक इच्छाहरुसँग सम्बन्धित हुन्छ । मूलाधार-चक्र: यो चक्र मलमुत्र बिसर्जनसँग सम्बन्धित हुन्छ ।  माथिल्लो चार चक्रहरू आध्यात्मिक बृद्धिसँग सम्बन्धित छन् र तल्लो तीन चक्रहरू संसारभरिका रुचि अरुचिसँग सम्बन्धित छन् ।

डिडिएफएओ प्रविधिको प्रयोग गर्दै  भगवानको नामको जप, सत्सङ्ग अथवा सन्ताको साथमा र उनीहरुको प्रबचनहरु सुन्ने, सेवा गर्ने, प्रार्थना गर्ने  विभिन्न समुहका साधकहरु मार्फत आध्यात्मिक अभ्यासको विभिन्न पक्षहरूको प्रभाव अध्ययन गर्न खोजिएको छ ।

तल भिडियोमा डिडिएफएओ प्रयोग गरेर इलेक्ट्रो-स्टोटोग्राफिक स्क्यानिंग प्रविधिको प्रयोग गरेर विभिन्न चक्रहरूमा प्रार्थनाको प्रभाव देखाइएको छ  । डिडिएफएओबाट प्राप्त भएको यी तथ्याङ्कहरू बार चार्ट र संख्यात्मक को रूपमा उपलब्ध हुन्छ । यस प्रविधिको प्रयोग गरेर सात कुन्डलिनी चक्रहरूसँग सम्बन्धित जैव-क्षेत्रीय ऊर्जालाई म्याप गरियो अर्थात् साधकको शरीरको ऊर्जा केन्द्रहरु र  साधकको सप्त चक्रहरुको तथ्याङ्क प्रार्थना पूर्व र प्रार्थना पश्चातको उल्लेख गरिएको छ ।

श्रीमती श्रावणी पारब, गोवा स्तित एसएसआरफ अश्रमको साधक प्रयोगको एक हिस्सा थिइन, जसले प्रार्थना गर्नु अघि उनको अवस्था वर्णन गरेकी छन् । 'पछिल्लो १०-१२ दिनदेखि मैले तिव्र कष्ट अनुभव गरिरहेको थिएँ । मेरो ऊर्जा (प्रण-शक्ति) एकदम कम भएको थियो । मलाई शरीर दुख्ने र टाउको दख्ने जस्ता शारीरिक समस्याहरू थिए । यस बाहेक, मलाई मनोवैज्ञानिक समस्या पनि थियो, जस्तै झर्को लाग्ने र आत्महत्याको विचारहरु आउने । यी कारणले म खराब अवस्थामा थिएँ । म सतसेवा गर्न पनि सक्षम थिईन । यस्तो अवधिमा ममाथि स्क्यानिङ्ग (scanning) गरिएको थियो । स्क्यानिङ्ग पछि मैले परात्पर गुरुलार्इ र्आतर्तासँग प्राथना गरे, “हे भगवान, म प्रार्थना, नामजप अनि सत्सेवा गर्न सकेको छैन, कृपया तपार्इनै यो सबै मबाट गरिदिनुहोस् ।” त्यसपछि, म केहि समयको लागि पल्टेर बसे । मैले अनुभव गरे कि कसैले मबाट नामजप र प्रार्थना गराई रहेको छ । उहाँ परात्पर गुरु डा आठवले ज्यू हुनु हुन्थ्यो । यो ३ घण्टासम्म भइ रहयो । यसपछि मेरो अवस्थामा सुधार भयो । मेरो सम्पूर्ण शरीरको दुखाइ हरायो । मेरो प्राण शक्ति पनि ८०-९० % बढ्यो । मेरो चिढचिढपन पनि हरायो । यसपछि, स्क्यानिङ्ग (डिडिएफएओ) दोहोर्याएको थियो ।'


अब तुलनाको लागि मात्रामत्मक विश्लेषण र सात चक्रसँग जोडेको शरीरको जैव-ऊर्जाको बार डायग्राम स्क्यानिङ्गको माध्यमबाट प्राप्त गरेको छ, यो प्रार्थना गर्नु भन्दा पहिला र प्रार्थना गरे पछिको हो ।

श्रीमती श्रावणी पारबको चक्रको अवस्था प्राथना गर्नुभन्दा अगाडी ।


 
प्रार्थना गर्नुअघि स्क्यानिङ दिउसो १२: ३३ मिनेटमा र प्रार्थना गरेपछि साझँ ५:३१ मिनेटमा स्क्यानिङहरूको चार्ट निम्नानुसार थिए । वाई  एक्सीस (Y – axis)  संख्यात्मक तथ्याङ्क दर्साउँछ । वाई  एक्सीस (Y – axis)   मा ० भन्दा तलको तथ्याङ्क नकारात्मक र ० भन्दा माथि सकारात्मक तथ्याङ्क दर्साछँछ । अब बायाँ देखि दायाँका बारहरू मूलतः १ देखि ७ सम्मको चक्रहरु हुन्, र जसले बायाँमा मूलाधार चक्रदेखि सुरु भई दायाँमा सहसरार चक्र, यी ७ चक्रहरुको  जैव-ऊर्जा दर्साउँछ । बार चार्ट  मा उपलब्ध जानकारी संख्यात्मक रूपमा उपलब्ध पनि छ ।

यी सात चक्रहरू ऊर्जा केन्द्रहरु हुन् र तिनीहरूले सूक्ष्म शरीरमा सूक्ष्म ऊर्जा प्रवाहको तालमेल मिलाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । कुण्डलिनी चक्रहरूको बारेमा जानकारी प्राप्त गर्नुको महत्वपूर्ण छ । बाहिरबाट सूक्ष्म कालो ऊर्जा तथा सकारात्मक ऊर्जा ईश्वरीय चेतना (चैतन्य) लिने र शरीरभरि सन्चारण यी चक्रहरुद्वारा गरिन्छ ।

अब प्रार्थना गरिसके पछि श्रीमती श्रावानीको चक्रको अवस्थाको बार चित्र हेरौं । श्रीमती श्रावानी परबको प्रार्थना गरेपछि चक्रहरुको स्थिति । 

मेशीनबाट प्राप्त तथ्याङ्कद्वारा सात चक्रहरुको स्थिति हेरौं । मूलाधार चक्र प्राथना गर्नु अगाडी -१ थियो र प्राथना पछि -२९ भयो । स्वाधिष्ठान चक्र प्राथना अगाडी सुरुमा -२ थियो र प्राथना पछि -२३ भयो । मणिपुर चक्र सुरुमा +२ थियो र त्यसपछि -२१ भयो । अनाहत चक्र अथवा हृदय चक्र सुरुमा +१ थियो र त्यसपछि गएर +१४ सम्म पुग्यो । विशुद्ध चक्र अथवा घाँटीको चक्र प्राथना गर्नु भन्दा अगाडी -२९ थियो र प्राथना गरि सकेपछि -३ भयो । आज्ञा चक्र प्राथना अगाडी -४४ थियो र प्राथना गरेपछि -११ सम्म पुग्यो । सहस्रार चक्र प्राथना अगाडी -१९ थियो र त्यसपछि +६ भयो ।

माथिको तालिका सात चक्रहरुको प्राथना गर्नु भन्दा अगाडी र प्राथना गरि सकेपछिको भिन्नता देखाउँदछ । यसबाट श्रीमती पाराबको प्राथना गर्नु भन्दा अगाडी र प्राथना गरि सकेपछिको स्पष्ट अन्तर बुझ्न सकिन्छ । यहाँ एउटा व्यक्तिको तीव्र प्रार्थनाको प्रभावको केवल एउटा उदाहरण प्रस्तुत गरेका हौं ।

अब तथ्याङ्क फरक हुने कारनको विज्ञानलाई हेरौं । माथिल्लो चार चक्रहरू आध्यात्मिक अभ्यास र सात्विक तत्वसँग सम्बन्धित छन्, अर्कोतर्फ निम्न तीन चक्रहरू माया (Great Illusion) र रज-तम गुणहरुसँग सम्बन्ध हुन्छन् ।  अब यो रोचक भाग हो, चक्रहरुले मनमा ९०% असर गर्दछ र शरीरमा मात्र १०% प्रभाव पार्दछ, त्यसैले तल्लो चक्रहरू निष्क्रिय हुन यसको प्रभाव मुख्यतया मनमा हुन्छ, रज-तम विचारहरू अथवा इच्छाहरू र रुचि-अरुचि, तिनीहरू सबै कम हुन्छन् र अन्तमा उच्च आध्यात्मिक स्तरमा रोकिन्छन् । यही कारणले माथिल्लो चक्रहरु अधिक कार्यहरू गर्न सक्दछन् वा अधिक आध्यात्मिक अभ्यास राम्रोसँग गर्न सक्छ । माथिल्लो चक्रहरू आध्यात्मिक अभ्यासको माध्यमबाट सक्रिय हुँदा सत्व घटकमा अझ सुधार हुन  मद्दत गर्दछ । यहाँ प्रार्थनाको प्रभावको एक मात्र उदाहरण प्रस्तुत गरिएको हो ।

यो अनुसन्धानबाट शरीरको माथिल्लो भागको, अर्थात् सहस्रार चक्र, आज्ञा चक्र, विशुद्ध चक्र र अनाहत चक्रहरू प्रार्थना गरेपछि सक्रिय भए यो स्पष्ट हुन्छ । यी चक्रहरूको सक्रियता आध्यात्मिक अभ्यासको सम्भावना बढाउँदछ किनकि तिनीहरू सिक्ने र एकाग्रतासँग सम्बन्धित छन् । अनि शरीरको तल्लो भागको चक्रहरू अर्थात् मणिपुर, स्वाधिष्ठान र मूलाधार, प्रार्थना गरेपछि आझै निष्क्रिय भयो ।

यहाँ तल्लो चक्रहरु निष्क्रिय हुनु वास्तवमा सकारात्मक सङ्केत हो । यी केन्द्रहरू मनपर्ने र मननपर्ने र संसारिक इच्छाहरूसँग सम्बन्धित छन् । जब एउटा व्यक्ति आध्यात्मिक अभ्यास गर्दछ उनको मनपर्ने र मननपर्ने निष्क्रिय हुँदै जान्छ जसले हाम्रो धेरै मानसिक ऊर्जा खर्च गर्दछ । व्यक्ति आफ्नो आध्यात्मिक अभ्यासमा अधिक ध्यान केन्द्रित गर्न सक्षम हुन्छ र सम्बन्धित अङ्हरु चलाउनको लागी आवश्यक ऊर्जा मात्र उपयोग गर्दछ । श्रीमती पाराबको प्रार्थना अघि र पछिको अवस्थाको परिणाममा स्पष्ट भिन्नता छ । माथिल्लो चक्रहरू अधिक सक्रिय भएका छन् र तलका चक्रहरू निष्क्रिय भएका छन् ।

अधिक जाकारीको लागि : स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ)
Email: hjsnepal@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ