arrow

यी हुन् दीपिका, श्रद्धा र साराका लागि तय भएका प्रश्न, दीपिकाकी म्यानेजरसँग बयान, रकुलले स्वीकारिन्

logo
प्रकाशित २०७७ असोज १० शनिबार
deepika-sara-shraddha1.jpg

काठमाडौं । बलिउडमा सुशान्त सिंह राजपूतको मृत्युपछि ड्रग्सको जाँच गरिरहेको नार्कोटिक्स कन्ट्रोल व्यूरो (एनसीबी) ले शुक्रबार अभिनेत्री रकुलप्रीत सिंह र दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशसंग सोधपुछ गरेको छ । 

एनसीबीले दुवैलाई आमने सामने राखेर सोधपुछ गरेको हो । करिश्मालाई शनिबार पनि बोलाइएको छ । उनलाई दीपिकासँगै राखेर सोधपुछ गरिने छ । 

स्रोतका अनुसार रकुलले रिया चक्रवर्तीसँग ड्रग्सका बारेमा कुराकानी गरेको स्वीकारेकी छिन् । ड्रग्स नेक्सस लम्बिइरहँदा रकुलले आफूले ड्रग्स लिएको बारेमा भने अस्वीकार गरेकी छिन् । 

उनले कुनै पनि समय मेडिकल टेष्टका लागि तयार रहेको बताएकी छिन् । उनले जो ड्रग्स प्याडलर्सहरु गिरफ्तार भएका छन् उनीहरुसँग कहिल्यै नभेटेको समेत बताएकी छिन् । 

रकुलले आफ्नो बयान हातले लेखेकी छिन् । यसबाट एनसीबी रिया चक्रवर्तीले नै आफ्ना भाइ शोबिकमार्फत सुशान्तलाई ड्रग्सको प्रवन्ध गर्ने गरेको खुलेको छ । 

एनसीबीले शुक्रबार करण जोहरको धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रवि प्रसादको घरमा पनि छापा मारेको छ । 

उनको घरबाट गाँजा बरामद भएको छ । 

एनसीबीले दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग शनिबार सोधपुछ गर्नेछ । तिनै जनामाथि ड्रग्स लिने गरेको आरोप छ । ड्रग्स केसमा पक्राउ परेकी रियाले भनेपछि नै थुप्रै अभिनेत्रीहरु तानिएका हुन् । 

सोध्ने प्रश्नसमेत बाहिरिएका छन् । ४ प्रश्न गर्ने बताइएको छ । 
१, के उनले ड्रग्स् लिएकी छिन् ? 
२, यदि लिएको भए कहिले र कहाँबाट किनेकी थिइन् ?
३, ड्रग्सको पैसा कसरी भुक्तानी गरियो ? कोबाट ड्रग्स लिइन् ? 
४, के उनले ड्रग्स एक्लै लिइन् वा अरु कोही पनि साथमा थिए ? 
दीपिकासँग उनका पति रणवीर सिंहले बस्ने अनुमति मागेपछि एनसीबीले सोधपुछका सायममा आरोपीसँग कसैलाई पनि रहने अनुमति नदिने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ