arrow

रनवेमा रहेको कोरियन एयरमा लाग्यो आगो, ३०० यात्रुको उद्वार

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
korean-air-accident.jpg.jpeg
टोकियो । जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको कोरियन एयरको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ । 
 
जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो । 
 
हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो । 
 
बोइङ ७७७ विमानको एउटा इन्जिनमा आगो लागेका कारण त्यसमा रहेका यात्रुको उद्वार गरी बाहिर निकालिएका दृश्यहरु जापानी टेलिभिजनहरुले देखाएका थिए । 
 
सो विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो । कोरियन एयरका प्रवक्ताले भनेका छन्– विमानको इन्जिन नम्बर १ मा आगो लागेको देखिएपछि आकस्मिक सेवामार्फत उद्वार गरिएको छ । 
 
जापानको यातायात मन्त्रालयले पनि शुक्रबारै एक विज्ञप्तिमार्फत उड्ने तयारीमा रहेको विमानमा आगो देखिएको जनाएको छ । 
 
विमानले सबै तयारी सकेर उड्ने तरखर गरिरहँदा अकस्मात आगोको मुस्लो देखिएको र त्यसपछि लगत्तै आपतकालीन सेवामार्फत विमानबाट यात्रुलाई बाहिर झिक्ने काम भएको समाचारमा जनाइएको छ । 
 
उद्वारका सकुशल रुपमा भएको र यसबाट कुनैपनि यात्रु घाइते नभएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ