arrow

बाग्लुङका पहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलको सहयोग

logo
भरत प्रधान,
प्रकाशित २०७७ असोज १० शनिबार
baglung-rahat-landslide.jpg

बुटवल। बाढीपहिरोका कारण प्राकृतिक बिपत्तीमा परेका बाग्लुङका बाढीपहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ । 

समाजले पोर्चुगलमा आर्थिक संकलन गरेर जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिका तथा तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई नौ लाख ४० हजार ७ सय ८४ रुपैयाँ नगद सहयोग गरेको हो । 

बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भई आपतबिपदमा परेकालाई थोरै मात्र भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग स्वरुप नगद रकम प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले बताए। पोर्चुगलमा आर्थिक सकंलन अभियान नै सञ्चालन गरेर संकलन गरिएको उक्त रकम एक कार्यक्रमका बिच बाढीपहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए। 

सहयोग रकम मध्ये ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई ८ लाख रुपैयाँ र जैमिनी नगरपालिकाका पीडितलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ भने तमान र निसिखोला गाउँपालिकाका ५ घरपरिवारलाई ४० हजार रुपैया प्रदान गरिएको छ । जसअन्तर्गत ढोरपाटन नगरपालिकाका २३ जना मृतकका परिवारलाई ९ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७३ घरपरिवारलाई ८ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको खड्काले जानकारी दिए। यस्तै जैमिनी नगरपालिकाका ३ जना मृतकका परिवारलाई १५ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७ घरपरिवारलाई ९ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ । 

सहयोग रकम तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री घमबहादुर थापाको समन्वयमा हस्तान्तरण गरिएको खड्काले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ