arrow

नेपाल र भारत सम्बन्ध थप मजबुत बनाउने अर्को माध्यम विद्युत् विनिमय हुँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १० शनिबार
electric-transmission.jpeg

काठमाडौं। सन् १९७१ मा नेपाल र भारतले 'पावर एक्सचेन्ज सम्झौता' मा हस्ताक्षर गरेपछि दुबै मुलुकले आवश्यकताका आधारमा विद्युत् आयात र निर्यात गर्दै आएका छन् ।

पछिल्लो समय नेपालले भारतसँग विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर पनि गरेको छ । जस अनुसार नेपालले २२० केभीए ढल्केबर-मुज्जफरपुर प्रसारण लाइनमार्फत भारतको एनवीभीएन (एनटीपीसी विद्युत व्यापार निगम) बाट बिजुली आयात गर्दैछ ।

नेपाल र भारतले एक दर्जनभन्दा बढी विभिन्न प्रसारण लाइनमार्फत बिजुली आयात निर्यात गर्ने गरेका छन् । रातमा उत्पादन बढ्ने र खपत कम हुँदा नेपालले मुख्यत: मनसुनमा अतिरिक्त बिजुली भारत निर्यात गर्दै आएको छ । सर्प्लस बिजुली बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा निर्यात गर्ने गरेको छ । 

बिजुली आयात गर्दा भारतले प्रति युनिट ६ रुपैयाँ १८ पैसा तिर्दै आएको छ भने नेपालले पनि आयात गर्दा पनि सोही मुल्यमा आयात गर्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको रेकर्ड अनुसार नेपाल र भारतबीच कुल २९१ मेगावाट विद्युत् आदानप्रदान भइरहेको छ ।

“गत आर्थिक वर्षमा नेपाल कूल १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो,"  प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने ।

अधिकारीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालले आगामी वर्षदेखि भारतलाई बिजुलीको ठूलो हिस्सा निर्यात गर्न सक्ने बताएका छन् । 

"यो हाम्रोलागि एक माइलस्टोन उपलब्धि हुनेछ । हामी भारतलाई बिजुलीको ठूलो हिस्सा निर्यात गर्न सक्षम हुनेछौं । हामी यो वर्ष मात्र करिब १३ सय मेगावाट बिजुली उत्पादन गर्ने योजनामा ​​छौं, " प्राधिकरणका प्रवक्ता अधिकारीले भने ।

भारत र नेपाल विद्युत् आदानप्रदानमा मात्र संलग्‍न भएका छैनन् । भारत नेपालको जलविद्युत् आयोजनाहरू निर्माणमा पनि संलग्न रहि आएको छ । अरुण तेस्रो, नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भारतको सहयोगमा निर्माण भइरहेको छ । यो आयोजनाले नेपाललाई पूर्णरुपमा विद्युतीकरण गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ