- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चुनावको समयमा टाउको उठाउने राष्ट्रवाद ।
समाजवादको लक्ष्य लिएको संविधानवाद ।
जनताको नाममा सत्तामा चढने संख्यावाद ।
सीमाको बारेमा नभुझी बोल्ने हतारवाद ।
काम गर्न छोडी कुरा हाक्ने भाषणवाद।
वादैवादको छहारीमा मौलाएको लुटतन्त्रवाद ।
मानवीय संवेदनालाई छुन नसक्ने मानवतावाद ।
कट्टरताको नशामा विवेक गुमाउने धर्मवाद ।
नाफामा जनता निचोरेर बाँच्ने पूँजीवाद।
शक्तिको द्वन्द्वमा फस्टाएको दलालवाद ।
यस्तै यस्तैवादमा बाँचिरहेको विश्ववाद ।
मानिसलाई टुप्पी समाएर रिंगाउन सक्ने धनवाद ।
‘जुम इन’ गरेर हेर्दा चारैतिर देखिने नाङ्गोवाद ।
(कवि भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्)