arrow

सचिवलाई अवरोध गरेको आरोप झुठो र भ्रामक : मन्त्री साह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असोज ११ आइतबार
sailendra-saha.jpg

जनकपुरधाम । बिना जानकारी संघीय सरकारले अनावयश्क रुपमा सचिव सरुवाको विरोध गरिरहेका प्रदेश नम्बर दुईका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नयाँ सचिवलाई अवरोध नगरेको बताएका छन्।

 आइतबार मन्त्री शैलेन्द्र प्रसाद साहले हाम्राकुरा डटकमका सम्बाददातासंग कुरा गर्दै मन्त्रालयमा आएकी नयाँ सचिव डाक्टर सम्झना कुमारी काफलेलाई आफुले कुनै अवरोध नगरेको बताए ।

 मन्त्री साहले आफु बिना जानकारी जुनसुकै वेला अनावयश्क रुपमा सचिव सरुवा गरेर काम गर्न अवरोध हुने गरेको प्रवृतीको विरोध दुई महिना अगाडिदेखि नै गरिरहेको र संघीय सरकारसंग समेत गुनासो गरेको स्मरण गराए ।

मन्त्री साहले कुराकानी गर्दै भने,'व्यक्ति होइन प्रवृतीको विरोध गरेको छु, यसरी नै मुख ताकेर बसि रहने हो भने कोहि आएपनि काम गर्न सकिदैन।' अर्को तर्कमा भने प्रक्रिया र प्रवृती सुध्रिए मात्र काम गर्न सकिने र कोहि आएपनि सजिलै काम हुने भएकाले प्रदेश सरकारलाई थाहै नदिई हुने सचिव र कर्मचारीको सरुवाको काम रोक्न सक्नु पर्ने मन्त्री साहले जानकारी दिए।

मन्त्रालय स्रोतका अनुसार नयाँ आएकी सचिव डा. काफ्लेलाई समेत मन्त्रीले अनावयश्क सरुवाको विरोध गरिरहेकाले आफुलाई अवरोध हुनसक्ने जानकारी थियो।  तर सचिव डा.सम्झना काफ्ले एकपटक हेरौं न त भन्दै श्रीमान, र छोरी संगै जनकपुरधाम आइन र मन्त्रालय प्रवेश गर्न खोजिन तर त्यो मन्त्रालयमा बिनाकारण अहिले सम्म ६ वटा सचिवको सरुवाभएको विरोध स्वयम मन्त्रीवाट नै भइरहेकाले उनलाई अवरोध भएपछि सचिव काफ्ले र उनका श्रीमान्‌‌ले बिरोधमा उत्रेका छन् ।

संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पछिल्ला तीन वर्षमा ६ जना सचिवको पदस्थापन मन्त्री साहले आपत्ति जनाउदै आएका छन्।

 प्रदेश सरकारको शासकीय शक्ति परिचालन, स्वतन्त्र निर्णय कार्यान्वयन र अवसर उपलब्धतालाई क्रमिक रूपमा संकुचित बनाउँदै तेजोबध गर्ने संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण निश्चित अवधि बित्न नपाउँदै सचिवहरूको हठात् सरुवा गरिरहेको मन्त्री साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ