arrow

संसदमा पनि विमलकी बहिनीको अस्वभाविक मृत्युको चर्चा

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Bimal-bimal-,,-Gharti-mother.jpg.jpeg
काठमाडौं । शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा नेपाली फुटबलका स्टार  स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको अस्वभाविक मृत्युको चर्चा भयो । घटनाको सत्य तथ्य बाहिर ल्याउन र हत्या भएको भए दोषीलाई कडा कारबाही गनै सांसदहरुले माग गरेका छन् । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका पदाधिकारीहरुले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको मनिषाको शव हेर्दा घटना स्वभाविक हुनै नसक्ने जिकिर गरे । 
 
यस्तै, दुलारी हरीजन लगायत अधिकांश महिला सांसदहरुले मनिषा मृत्युको रहस्य चाँडै बाहिर ल्याउन राज्य र सुरक्षा सयन्त्रको ध्यानाकर्षण गराए । संसदमा बोल्नु अघि मानवअधिकार समितिका सभापति सुशील कुमार श्रेष्ठ सहितको टोली त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको थियो । टोलीले चिकित्सकलाई कोही कसैको दबाबमा नपरी सत्य तथ्य रिपोर्ट सार्वजनिक गर्न र घटनामा संलग्न भनिएका रुद्र नारायण चौधरी (आशिष) को समेत डिएनए परीक्षण गर्न सुझाव दिएको छ । 
 
शव हेर्न गएका सांसद्हरुले नवलपरासीस्थित घरमा शंकास्पद मृत्यु भएकी  मनिषाको घाँटीमा दाग देखिएको संसदमा सुनाए । उता, मनिषाका छिमेकीले भने उनलको ढाड, घुँडा र घाँटीमा निलडाम रहेको बताएका छन् । चिकित्सकहरुका अनुसार मनिषाको पोष्टमार्टम रिपोर्ट आउन दुई दिन लाग्ने छ । यस्तै, बहिनी मनिषाको मृत्युको खबरले भावविव्हल हुँदै दाई विमल बेल्जियमबाट नेपाल फर्किएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै त्रिवि शिक्षण अस्पताल पुगे । 
 
विमलकी एक मात्र बहिनी हुन् मनिषा । बहिनीको वियोगले मर्माहत बिमल निकै भावविव्हल भए । अस्पताल पुग्दा उनी एकतर्फ आफैं सम्हालिन सकिरहेका थिएनन् भने, अर्कोतर्फ आमालाई सम्हाल्नुपर्ने अवस्था रहयो । त्रिवि शिक्षण अस्पतालमा  बहिनीको शव देखेपछि उनी निकै डाको छोडेर रोए । छोराको अंगालोमा रहेकी आमकोे आँशु छछल्किरहयो । विवि शिक्षण अस्पताल पुगेका इस्टमित्र र नेपाली फुटबलरहरुले आमा छोरालाई सान्त्वना दिए । आजीवन प्रतिबन्ध लागेका नेपाली फुटबल टोलीका पूर्व कप्तान सागर थापा लगायत शिक्षण अस्पताल पुगेका थिए । 
 
व्यवसायिक फुटबलका लागि बेल्जियमको क्लबमा अनुबन्ध भएका विमल बायाँ खुट्टाको उपचारका लागि बेल्जियम पुगेका थिए । उनी त्यहाँको मार्बेला युनाइटेड क्लबबाट टुर्नामेन्ट खेल्न पाउने छन् । विमलकी बहिनी मनिषाको रहस्यपूर्ण मृत्यु भएको छ । आफ्नै घरमा मृत भेटिएपछि घटना रहस्यपूर्ण भएको हो । मनिषाको घाँटीमा निलडाम रहेकाले हत्या वा आत्महत्या भन्नेबारे यकिन गर्न उनको शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले विहिबारै जानकारी दिएका थिए ।  
 
घटनामा संलग्न रहेको शंकामा विहिबार विहान आशिष भनिने स्थानीय रुद्र नारायण चौधरी पक्राउ परिसकेका छन् । प्रहरी प्रमुख चौधरीका अनुसार रुद्रनारायणको घर मनिषाको भन्दा ३ किलोमिटर मात्रै टाढा छ । २२ वर्षीय चौधरी तिलकपुर गाविस–४ का हुन् । मनिषाको घर भने वर्दघाट नगरपालिका–८ मा पर्दछ । रुद्र र मनिषाबीच सामान्य भनाभन् भएको बताइन्छ । यद्यपि, स्थानीयका अनुसार रुद्र त्यो दिन दिनभर मनिषाकै घर वरीपरी मोटरसाइकल घुमाईरहेका र साँझ उनले मदिरा सेवना गरेका बताएका छन् । घटना राति अबेर भएकाले छिमेकीलाई थाहा नभएको र घरको मेन स्वीच अफ गरेको तथा बाहिरबाट चुक्कुल लगाएको सुन्नमा आएको बताइएको छ । विमलको घरमा बुढा हजुरबुवा र आमा छन् । उनका बुबाको भने केही वर्ष अघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ