arrow

रारा जाने छोटो सडक बन्यो

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
rara-lake-trek.jpeg

खलङ्गा । खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हँुदै राराताल जाने गर्दथे ।  पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

 खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हँुदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हँुदै राराताल जानेको लर्को लाग्ने गरेको छ ।

नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ । कर्णाली प्रदेश सरकारबाट  खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो । 

यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन् । कोरोना कहरले पर्यटक घटेका छन् । पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिए ।

उनले भने,“यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन् । विभिन्न जडिबुटी, फुलसँग रमाउँछन् । यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन् । निकै रमाइलो हुन्छ ।”  खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हँुदै नाग्मगमगडी सडकबाट फर्कने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ