arrow

रोनाल्डोले दुई गोल गरेर पनि सकेनन् युभेन्टसलाई जिताउन 

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
ronaldo62.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे पनि युभेन्टस इटालियन सिरी एमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्टस एएस रोमासँग २–२ को बराबरीमा रोकिएको हो । 

रोमाको मैदानमा भएको खेलमा दुई पटकसम्म पछाडि पर्दा युभेन्टसलाई हारबाट रोनाल्डोले जोगाए पनि जिताउन सकेनन् । 

रोमाका लागि जोर्डन भेरेटाउटले दुई गोल गरे ।

युभन्टसका एड्रियन रोबियटले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाड्न पुगेका थिए । 

पहिलो खेलमा जित निकालेको युभेन्टस दोस्रो खेलमा बराबरीमा रोकिएको हो । 

अंक तालिका
नापोली, एसी मिलान र हेलास भेरोनाले २ खेलबाट ६ अंक बटुल्दै क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् । 

ससुओलो र युभेन्टसको ४ अंक छ । 

एटलान्टा, लाजिओ, इन्टरमिलान, बनेभेन्टो, फियोरेन्टिना र गिनोआको ३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ