arrow

स्वरकी धनी लताको जन्मदिन, जसले चलचित्र पनि खेलिन्, राखिन् यी रेकर्ड

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
lata-mangeskar.jpg

काठमाडौं । भारतीय गायिका लता मंगेशकरको सोमबार २८ सेप्टेम्बरका दिन जन्मोत्सव । उनले ९१ औं जन्मोत्सव मनाइरहेकी छिन् । 

उनलको जन्मोत्सवमा धेरै जसो भारतीयले शुभकामना दिएका छन् । 

३६ भाषामा ५० हजार भन्दा बढी गीत रेकर्ड गराएकी लताका नाममा सन् १९७४ देखि १९९१ सम्म हरेक वर्ष सबैभन्दा बढी गीत गाउने गायिकाको नाममा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा रेकर्ड बनाएकी थिइन् । 

उनी ७५ वर्षदेखि फिल्म इन्डस्ट्रिमा रहेकी छिन् । उनी सन् १९९९ मा राज्यसभा सांसदसमेत बनेकी थिइन् । भारत रत्न लता आफ्ना पिताको सामुन्ने गीतसमेत गाउने हिम्मत गर्न सक्दिनथिन् । 

उनले आफ्ना पिता ज्यूँदै भएको भए गायिका नबन्ने बताउँछिन् । 

परिवारको जिम्मेवारी आफ्नो काँधमा आएपछि परिवार सम्हाल्न उनले लगातार गीत गाउँदा सबैभन्दा धेरै रेकर्ड बनेको हो । 

उनले १३ वर्षको उमेरमै परिवार सम्हालेकी थिइन् । उनले १३ वर्षको उमेरमै सन् १९४२ मा ‘पहिली मंगलागौर’ चलचित्रमा अभिनय गरेकी थिइन् । 

केही फिल्ममा नायक नायिकाकी बहिनीको भूमिकासमेत निभाइन् । 

फिल्ममा खासै मज्जा लिन नसकेपछि उनले १८ वर्षको उमेरदेखि गीत गाउन थालिन् । उनले मजबूर फिल्ममा ‘अंग्रेजी छोरा चला गया’ गाइन् मुकेशसँग । 

यति ठूली गायिका भएर पनि उनले कहिल्यै अचार र खुर्सानी खान छाडिनन् । 

लताको जन्म सन् १९२९ को २८ सेप्टेम्बरमा इन्दौरमा भएको थियो । उनका पिताको नाम पंडित दिनानाथ र माताको नाम शेवन्ती हो । 

उनका पिता मराठी संगीतकार, शास्त्रीय गायक र थिएटरका अभिनेता थिए । उनकी आमा गुजराती थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ