arrow

अमेरिकी न्यायाधीशले टिकटक डाउनलोड खुलाइदिए 

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
trumptiktok.png

काठमाडौं । अमेरिकी एक न्यायाधीशले टिकटकमा लागेको प्रतिबन्ध खुलाइदिएका छन् । उनले एकपटक प्रयोगकर्ताले मोबाइलबाट टिकटक हटाएपछि पुनः डाउनलोड गर्न नपाउने प्रतिबन्ध खुलाइदिएका हुन् । 

उनले भविष्यमा टिकटक डाउनलोडको प्रतिबन्ध रोक्न अस्थायी निषेध जारी गरेको बीबीसीले लेखेको छ । 

अमेरिकाको कोलम्बिया जिल्लाका जिल्ला न्यायाधीश कार्ल निकोल्सले आइतबार राति टिकटकको अनुरोधलाई सदर गरिदिएका हुन् । 

यसको कारण भने सार्वजनिक गरिएको छैन । टिकटकले विज्ञप्ति जारी गर्दै आफूहरु खुशी भएको बताएको छ । उसले यसको अधिकारको रक्षा गरिरहने प्रतिवद्धता पनि जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चिनियाँ उत्पादन भएकाले यसलाई अमेरिकाभर प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ