arrow

प्रदेशमा स्थायी कर्मचारी भर्नाको खुल्यो बाटो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असोज १२ सोमबार
province2-cabinet.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईको सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ।

प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको हो ।

त्यसै गरि बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएका छन् । 

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ