arrow

१४ औँ विश्व रेविज दिवस मनाइयो 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ असोज १२ सोमबार
rabij.jpg

कपिलवस्तु । रेविज अन्त्य गर्न सहकार्य गरौ खोप लगाऔ भन्ने नाराका साथ १४ औँ विश्व रेविज दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । सोही अवसरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तौलिहवामा पनि रेविज दिवस मनाइएको छ । 

किसानको कुकुरलाई निशुल्क रुपमा रेजिवको खोप लगाई दिवजसको आरम्भ गरिएको छ । यो विदव सप्ताहव्यापी रुपमा मनाइने कार्यक्रम तय भएको छ । सो अवसरमा वोल्दै विज्ञ केन्द्रका प्रमुख दिपक भुषालले कुकुर तथा रेविज लाग्न सक्ने जनावरहरुलाई नियमित रुपमा खोप लगाई यो रोग वाट वच्नको लागी किसानहरु सचेत हुनुपर्ने बताए । 

सो अवसरमा वरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरी , डा. गणेश पुन , पशु चिकित्सक दुर्गा प्रसाद खनाल , कपिलवस्तु नगरपालिकाका पशु प्राविधिक भोजराज पाण्डे लगायत सहभागिता रहेको थियो । कार्यालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ