arrow

माननीय कि ताननीय ?

logo
अर्जुनराज पन्त,
प्रकाशित २०७७ असोज १३ मंगलबार
arjunraj-pant.jpg

पहिलै थिए त्यँही जाेक बादशाह
मण्डलीसँगै गर्नलाइ आहा

सुनाउथे जाेक ति नाना भाँति
आहा भन्नेकाे थियाे नै ताँति

तानेर लगे अर्का जाेक धारी
बाहिर थिए जुन चुनाव हारि

यि कानले पनि के सुन्नु हरे 
उनलाइ लगेसि गरिमा बढ्याे रे!

जाेकै सुनाउन त थिए नै खड्के
त्यँही थपिए अर्का ति फड्के

सुनेर अब दुइटाकाे  जाेक
भजन मण्डली लाै ताली ठाेक

के लाइ पाे हाे गरिमामा मान्ने
यस्तै गरेर कति कुर्चि धान्ने?

जस्ता नि लानि सभा हाे कस्ताे
गरिमामय पद भयाे आज सस्ताे!

केहि गरि नसके कँहि पाेइल जान
त्यँही छ ठाँउ तानेर लान

नीति सिकाउने हूँ म भन्ने काजी
त्यहाँ जान चाँहि भै हाल्नि राजी

बनेर पाजी गए कति काजी
हारेर पनि चुनाबकाे बाजी

सदनै भरि भाे हरुवाकाे ताँती
गरि बलात्कार लाेकतन्त्र माथि

मिल्ने भएसि जे नि लिन दिन
चुनाबकाे नाटक गर्ने पाे किन?

घाँडाे पन्छाउन त्यहाँ तानि दिए
भन्नु कसरि अब माननीय?

देखेर बालहठ त्यहाँ तानि दिए 
भन्नु कसरि अब माननीय ?

लाजै नभएसि जे गर्दा नि हुनि
माननीय कि ताननीय उनी?

(व्यङग्य कवि पन्त ब्यङग्यकाब्य 'काेइली'का समेत लेखक हुन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ