arrow

गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ असोज १३ मंगलबार
dalit-women-dadeldhura.jpg

डडेलधुरा। चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आमरण अनसनमा रहेका सत्याग्रही डा. गोबिन्द केसीका मागहरुलाई ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन भएको छ। 

सत्याग्रही डा. गोबिन्द केसीले पटक पटक उठाएका मागहरु सम्बोधन गर्न नागरिक समाज डडेल्धुराले समर्थन र ऐक्यबद्धता जनाएको हो । जनताको मौकिक हक कार्यान्वयन तथा बलात्कार पछि हत्या गरिएकी बझाङकी १२ बर्षिय बालिकाका हत्यारालाई यथाशिघ्र पत्ता लगाई कानूनी कठघरामा उभ्याउन सरकारलाई दबाब दिन प्रदर्शन गरेको नागरिक समाजले जनाएको छ ।  

नेपाली जनताको हितका लागि राखेका जायज मागहरु पुरा गर्न सडक संघर्ष वा सत्याग्रह गर्नु बिडम्बनापूर्ण रहेको ठहर गर्दै समाजले डा. केसीले उठाएका मागहरुलाई अबिलम्ब सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सरकारले सत्याग्रही केसीलाई उपचारका लागि भन्दै जर्बजस्ती काठमाडौं लगिएको र काठमाडौंमा पनि गरिएका जवर्जस्तीका घटना पशुवत व्यवहार भएको उनीहरुले बताए। केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकोमा प्रदर्शनकारीहरुले चिन्ता प्रकट गरेका हुन् ।

डडेल्धुरा अस्पताल स्तरोन्नती सहित मेडिकल कलेज स्थापनाका लागि डडेल्धुरामा १७ औं आमरण अनसन बसेका डा.केसीले सुदूरपश्चिमका जनताको हितमा रहेको उठाएका मागहरु पनि कार्यान्वयनमा लैजान नागरिकहरुले आग्रह गरेका छन् ।

मष्टा गाँउपालिका वडा नम्बर २ बझाङ की १२ बर्षिया सम्झना कामीको बलात्कारपछि निर्मम हत्या भएको घटनाले समग्र मानव सभ्यतालाई समेत लज्जित बनाएको उनीहरुले बताए। कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला हत्याकाण्का दोषीलाई उम्के झैं सम्झनाले पनि न्याय नपाउने अवस्था नआओस भन्न घटनाको सत्यतथ्य छानविन गरि अपराधिलाई यथाशिघ्र कडा कानूनी दायरामा ल्याउन सरकारसँग उनीहरुले माग गरेका छन्।

प्रदर्शनमा दलित महिला संघले ऐक्यबद्धता जनाएको थियो ।                                                   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ