arrow

बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनु हुँदैन: गभर्नर अधिकारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
nrb-maha-adhikari-govener.jpg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था नाफामुखी नहुनु पर्ने बताएका छन् ।

मंगलबार बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्षहरुसँगको भर्चुअल अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहँदैन’ गभर्नर अधिकारीले भने, ‘आफ्नो व्यवसायलाई टिकाउने तर्फ यहाँहरु क्ेनिद्रत भइदिनुस् ।’

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुपात्दक क्षेत्रतर्फ कर्जा प्रवाह हुन सक्ने बताउँदै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुलाई आग्रह गरे ।

त्यस्तै राष्ट्र बैंकले मर्जर र प्राप्तिमा नीतिगत सहुलियत दिएको स्मरण गर्दै अधिकारीले मर्जरको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न पनि अध्यक्षहरुलाई आग्रह गरे ।

त्यस्तै बैंक् तथा वित्तीय संस्थाले प्रदान गर्दै गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता रहेको गभर्नर अधिकारीले औंल्याए । ‘अब ई–कमर्सलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ ।’

यसअघि राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन २०७७मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ क्षेत्रको समसामयिक विषयमा छलफल गर्न बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुसँग मंगलबार भर्चुअल अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान लगायतको सहभागिता रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ