arrow

विनोदको नेतृत्वमा रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका गठन

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
rukum-california-congress-s.jpg

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा नेपाली कांग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन गरिएको छ । 

रुकुम स्थायी घर भई विभिन्न कामले हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका रुकुमेलीहरूको भेलाबाट जनसम्पर्क समिति गठन गरिएको हो । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जयनरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० स्थायी घर भएका विनोद पुन सभापति रहेको २६ सदस्यीय जनसम्पर्क समिति गठन गरिएको हो । 

नरबहादुर कुसारी र धनबहादुर केसी सल्लाहकार रहेको जनसम्पर्क समितिको उपसभापतिमा केशव कुसारी र कमलप्रसाद केसी, महासविचमा रामकृष्ण कुसारी, सचिव उमेश खड्का र दिपेशकुमार जैसी, कोषाध्यक्ष गोपाल खनाल तथा सहकोषाध्यक्षमा जयलाल खड्का निर्विरोध निर्वाचित भएका छन् ।  

नेपाली जनसम्पर्क समिति मार्बलफाल्स च्याप्टर टेक्सासका सभापति मनबहादुर कुसारी र महासचिव बिर्खबहादुर खत्रीको विशेष पहलमा भएको उक्त कार्यक्रममा जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका सचिव हरि भट्टको पनि उपस्थिति रहेको नवनिर्वाचित उपसभापति केशव कुसारीले जानकारी दिए । 

प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानका लागि जनसम्पर्क समितिले सक्दो सहयोग गर्ने नवनिर्वाचित सभापति विनोद पुनले बताए ।

विभिन्न काम गर्दा नेपाली कांग्रेसको बिचान, आस्था र सिद्धान्तमा रहँदै नेपाली जनसम्पर्क समिति अमेरिकासँग आवश्यक समन्वय गरेर संगठन सुदृढिकरण गरिने उनले बताए ।

जनसम्पर्क समितिका कार्य समितिका अन्य सदस्यहरु निम्नअनुसार छन् –
१ दिपक खनाल
२ दिपाराम खनाल
३ कपिलदेव कुसारी
४ टिकाराम पुनमगर
५ प्रेम कुसारी
६ दिपक दाहाल
७ टार्जन कुसारी
८ सुदीप कुसारी
९ विजय गिरी 
१० देवीलाल कुसारी
११ कैलाश केसी
१२ भिमसेन ओली
१३ अनिल केसी
१४ चन्द्र डांगी 
१५ प्रदीप केसी
१६ पूर्णबहादुर केसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ