arrow

बाँकेमा सशस्त्र प्रहरीले बरामद गर्‍यो ४ लाख रुपैयाँका लत्ताकपडा

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज १४ बुधबार
kapada.PNG

नेपालगन्ज । सशस्त्र प्रहरी बाँकेले भारतबाट नेपाल भित्रिदै गरेको लाखौं मुल्य बराबरका ठुलो परिमाणको लत्ता कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले महिलाहरुको लागि प्रयोग हुने कपडा बरामद गरेको हो। 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले गएराती ११ बजे नेपालगन्ज १५ स्थित  जमुना गाउँबाट २०८८ पिस ब्रा बरामद गरेको हो।  भारतबाट नेपाल ल्याउदै गरेका उक्त ब्रा तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ना साथ  सामान फाली भारत तर्फ भागेको सशस्त्र प्रहरीले बताएको छ।

बरामद गरिएको ब्राको मुल्य  २ लाख ६१ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जानकारी दिएको छ। बरामद गरिएका ब्रालाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। त्यस्तै सशस्त्र प्रहरीको नरैनापुरको कटकुईया बिओपीले गएराती ९ बजे कपडा बरामद गरेको छ।

कटकुईया बिओपीबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार अमर राज ओलीले कमान्डमा गएको टोलीले  भारतबाट नरैनापुर ल्याउदै गरिएको ६६ पिस सलवार कुर्ता बरामद गरेको छ। सोही टोलीले कुर्तासगै १२ पिस धोती,काँचो कपडा १२ थान र ५ पिस दोपत्ता बरामद गरेको हो।

नरैनापुरमा बरामद गरिएका  १ लाख ३३ हजार ४८६ रुपैयाँ मुल्य रहेका कपडालाई नेपालगन्ज भन्सार बुझाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ