arrow

आईपीएल: फाईनलमा वार्नरको हैदरावादले कोहली-डिविलियर्सको बेंगलोरको सामना गर्ने

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
IPL_Warner.jpg.jpeg
काठमाडौं। दोस्रो क्वालिफायरमा गुजरात लयन्सलाई ४ विकेटले हराउँदै सनराईजर्स हैदरावाद फाईनल प्रवेश गरेको छ। हैदरावादले फाईनलमा रियल च्यालेन्जर्स बैंगलोरको समाना गर्ने छ। 
 
डेविड वार्नरको एकल प्रदर्शनले हैदरावादले गुजरात लायन्सलाई पराजित गरेको हो। १६३ र पच्छ्याएको हैदरावादका वार्नरले ९२* रन बनाएका थिए। उक्त रन बनाउने क्रममा उनले ५८ बलमा ३ छख्का र ११ चौका प्रहार गरेका थिए। नियमितरुपमा विकेट झरिरहेको अवस्थामा वार्नरले सम्अालिएर खेलेका थिए। 
 
हैदरावादका बिपुल शर्माले ११ बलमा ३ छख्का प्रहार गर्दै २७* रन बनाएका थिए। गुजरातका सिभिल कौशिक र ड्व्याएन ब्राभोले २-२ विकेट लिएका थिए। 
 
टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विेकट गुमाउँदै १६२ रन बनाएको थियो। गुजरातका एरोन फिन्चले ५० रन बनाएका थिए भने ब्रेण्डन मकलमले ३२ रनको योगदान दिएका थिए। हैदरावादका भुवनेश्वर कुमार र बेन कटिङले २-२ विेकट लिएका थिए।
 
हैदरावादको जितमा महत्व पुरण भुमिका निभाएका डेविड वार्नर प्लेयर अफ म्याच घोषित भएका थिए।
 
फाईनल खेल रोमाञ्चक हुने छ। एकातिर फर्ममा रहेको बेंगलोरले हैदरावादको बलिङको सामना गर्ने छ। ब्याटिङमा बलियो मानिएको बेंगलोरले बलिङ बलियो रहेको हैदरावादको सामना कसरि गर्ने छ। भन्ने कुराले रोमाञ्चकता थप्े निश्चित रहेको छ। 
 
विरात कोहली, एबी डिविलियर्स, क्रिश गेल र शेन वाट्सनको ब्याटिङ शक्तिलाई हैदरावादको बलिङ  बटालियनले बाँधेन भने उपाधिबाट टाढा रहेन णिश?चित रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ