arrow

मनोरञ्जन क्षेत्रमा कोरोनाको असर, डिज्नेले एक चौथाई कर्मचारी हटाउने

logo
एएनआई,
प्रकाशित २०७७ असोज १४ बुधबार
Especial-disney-creara-contenido-vivo.jpg

क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ । 

शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका मनोरञ्जन स्थलहरु नराम्रोसँग प्रभावित रहेको जनाउँदै डिज्नेले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमणबाट तत्काल उन्मुक्ति प्राप्त हुने अवस्था पनि नभएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ । 

डिज्ने पार्कका अध्यक्ष जस डिअमारोले डिज्नेका लागि कर्मचारी कटौती नै एक मात्र सम्भाव्य विकल्प रहेको पनि बताए । 

क्यालिफोर्निया र फ्लोरिडामा मात्र कोरोना संक्रमण हुनुअघि डिज्नेका पार्कहरुमा झण्डै एक लाख १० हजार कर्मचारी कार्यरत थिए । अब यी पार्कमा करिब ८२ हजार मात्र व्यक्तिले मात्र रोजगारी पाउनेछन् । 

गत जुलाईको मध्यमा वाल्ट डिज्ने वल्र्डले फ्लोरिडाका पार्कहरु आंशिक रुपमा खोलेको थियो । तर कोरोनाभाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिसहरु पार्कमा आएका थिए । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीबाट अमेरिकामा अहिले पनि सर्वाधिक असर परेको छ । यहाँ दुई लाख ५ हजार ७७४ जनाको मृत्यु भइसकेको छ भने ७१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ