arrow

कुटनीतिज्ञ महेन्द्र बहादुर पाण्डेको गैरकुटनीतिक अन्तर्वार्ता

चीनका लागि नेपाली राजदुत पाण्डेले ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्ताको नेपाली अनुवाद

logo
हाम्राकुरा डेष्क,
प्रकाशित २०७७ असोज १४ बुधबार
mahendra-pandey-new.jpeg

काठमाडौं। चीनका लागि नेपाली राजदुत महेन्द्र बहादुर पाण्डे चीन गएपछि नेपाली  भन्दा चिनियाँ दुतझै अभिव्यक्ति दिएपछि उनी अहिले नेपालको राजनीतिक वृत्त र कुटनीतिक वृत्तमा विवादित बनेका छन्। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स (जीटी)का लागि छि वेन्टींग र बाइ युन्नीलाई राजदुत पाण्डेले दिएको अन्तर्वार्तालाई गैर कुटनीतिक भन्दै बिरोध पनि भएको छ ।

प्रतिपक्षी कांग्रेसले त पाण्डेको अभिव्यक्ति सरकारको धारणा होकी उनको व्यक्तिगत हो भनेर सरकारको आधिकारीक धारणा समेत मागेको छ। सर्वत्र चासोको विषय रहेको पाण्डेको अन्तर्वार्ताको नेपाली अनुवाद यहाँ राखेका छौं। 

जीटीः चीनका लागि नेपाली राजदुतका रुपमा तपाईँका मुख्य प्राथमिकताहरु के छन् ?

पाण्डेः नेपाल र चीन छिमेकी र असल मित्र हुन् । कुटनीतिकरुपमा हामीले सन् १९५५ मा सम्बन्ध स्थापित गरेका हौं । नेपालका लागि चिनियाँ राजदुतका रुपमा मेरा मुख्य प्राथमिकता दुई देशबीच भएको सम्झौता हो।

गतवर्ष, चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालको भ्रमण गरेका थिए, जुन निकै सफल भ्रमण रहेको थियो । भ्रमणका क्रममा करिब २० वटा सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीनको भ्रमण गरेका थिए, सँगै केही एमओयुमा हस्ताक्षर भइरहेको छ । त्यसैले मेरो प्राथमिकता हस्ताक्षर गरिएका एमओयु र सम्झौतालाई कार्यान्वयनमा ल्याउनु हो।

गत वर्ष, हामीले बीआरआई अन्तर्गत केही योजनाहरु अघि सारेका छौं । शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यावरण सुधारको क्षेत्रमा परियोजनाहरु रहेका छन्, जुन संयुक्त रुपमा अघि बढाइनुपर्छ । त्यसैले बेइजिङमा मेरो कार्य अवधिभर प्राथमिकतामा रहने क्षेत्रहरु यी हुन् ।

जीटीः केहि विदेशी खासगरी भारतीय मिडियाले नेपालसँग चीनको बढ्दो सम्बन्धले सुरक्षा चिन्ता उत्पन्न गरेको भनेका छन्, तपाइले यसलाई कसरी लिनुभएको छ ?

पाण्डेः यो तथ्यमा आधारित छैन् र यो पक्षपाती मनोवृति हो । त्यो डरको मनोवैज्ञानिक अभिव्यक्ती हो । भारत उपनिवेश हुँदा नेपाल एक सार्वभौम देशका रुपमा रहेको थियो । कुनै वैचारिक समुह वा शक्तितर्फ हाम्रो झुकाव छैन् । भारतीय मिडियाले पक्षपात गरिरहेको हुनसक्छ या उनीहरु कसैबाट यसरी परिचालित भएका छन् । त्यसकारण उनीहरुले नक्कली समाचार प्रकाशित गरे । तर, यो सत्य हैन्, चीन र नेपालबीचको सहकार्य प्राकृतिक र मित्रवत हो ।

यो क्षेत्रिय सम्बन्धि प्रश्न हैन् । यो समझदारी र एकअर्काबीचको सहयोगको कुरा हो । छिमेकीले एकअर्कोसँग डराउनु पर्ने कुरा हैन् । हामीले हात जोड्दै, उच्च समझदारीका साथ अघि बढ्नुपर्छ र आपसी फाइदा अनुरुप सहकार्य गर्दै अघि बढ्नुपर्छ ।

जीटीः केहि पश्चिमी मिडियाले भने नेपाल अहिले भारत र चीनको सीमा तनावको बीचमा परेको बताइरहेका छन्, यसलाई तपाइ कसरी हेर्नुहुन्छ ?

पाण्डेः कहिलेकाँही यो हुन्छ । चीन र भारत दुई छिमेकी हुन्, नेपाल र चीन छिमेकी हुन् र नेपाल र भातर पनि छिमेकी हुन् । नेपाल र भारतबीचको सीमाका विषयमा लामो समयदेखि समझदारीमा समस्या रहेको छ।

यसअघि, चीन र नेपालबीच पनि केही समस्या थिए । तर, स्वर्गीय चिनियाँ नेतृत्वकर्ता माओ जेदुङ्ग शक्तिमा र चाउएनलाई प्रधानमन्त्री रहेका बेला सम्झौतामा हस्ताक्षर गर्दै सीमा विवादलाई समाधान गरिसकेका छौं । अहिले चीनसँग हाम्रो कुनै भुमी विवाद छैन् । भारतले हाम्रो केही भुमी कब्जा गरेको छ। सन् १९६२ मा जब चीन र भारतबीच युद्ध भएको थियो र भारत पराजित भएको थियो, त्यतिबेला केही भारतीय सैनिक अस्थायी रुपमा हाम्रो भुमीमा बसेका थिए। तर पछि, उनीहरुले त्यो भुमीमा आफ्नै दाबी गरे । त्यसकाराण त्यहाँ समस्या उत्पन्न भएको हो । हामी हाम्रो तर्फबाट सीमा विवादको सहमतिका लागि लागि परेका छौं।

आधुनिक विश्वका कुनै पनि मुद्धाहरु चिन्ता र गोलीले समाधान हुँदैनन्। तर, हामी यसलाई सँगै बसेर मिलाउन सक्छौं। हामीले हाम्रो ज्ञान, सिप, वुद्धी र वैश्विक दृष्टिकोण हुनुपर्छ त्यसो भए हामी समाधान गर्न सक्छौं। सीमा समस्या, चीन र भारतबीच होस् र नेपाल र भारतबीच होस्, यो कुनै प्रोपागाण्डा बनाउनु पर्ने विषय हैन्। सँगै बसेर छलफल गरेर ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्नुपर्छ। तबमात्रै हामी वैज्ञानिक रुपले निश्कर्षमा पुग्न सक्छौं। र त्यो निश्कर्षमा दुवै पक्ष सहमत हुनुपर्छ। हामीले भारतलाई धेरै पटक वार्ताका लागि भनेका छौं र तर चासो देखाएको छैन्। तर, अहिले तिनीहरुले बढी चासो देखाएका छन् र सँगै बसेर वार्ता गर्न चाहन्छन्।

जीटीः चीन नेपाल रेलमार्गका पछिल्ला प्रगतिहरु के हुन् ? के समयावधिको कुरा तोकिएको छ ?

पाण्डेः दुवै पक्षले कडा रुपमा काम गरिरहेको छ। प्राथमिकता अध्ययन पहिले नै सुरु भइसकेको थियो, खासगरि काठमाडौंमा। महामारीका कारण काममा ढिलाइ भएको छ। तर, महामारी नियन्त्रणमा आएलगत्तै फेरि काम तिव्र रुपमा अघि बढ्नेछ। दुवै पक्षले अहिले पेपरवर्क गरिरहेको छ। र उनीबीच योजनावद्धरुपमा कुराकानी पनि भइरहेको छ। मेरो विचारमा, रेलमार्ग सम्पन्न हुनका लागि करिब ५ वर्ष लाग्न सक्छन् र त्यसपछि यो प्रयोगमा आउन सक्छ।

जीटीः गत महिना चीनले पाकिस्तान, नेपाल र अफगानिस्तानबीच कोभिड १९ को विरुद्ध लड्नका लागि साथ र क्षेत्रिय शान्ति एवं सुरक्षाका लागि बैठक गरेको थियो, तपाईँले सो वैठकको कसरी मुल्यांकन गर्नुहुन्छ ?

पाण्डेः विश्वभर करिब २ सय जति देश र क्षेत्र रहेका छन्। ती मुलुकहरुबीच कोरिएका रेखाहरु पहाड हैनन्, बरु कृत्रिम रेखाहरु हुन्। जब, महामारी आउँछ यो महामारी ती सीमा रेखाहरुले रोकिँदैन्। त्यसकारण, जब महामारी सुरु भयो, जिम्मेवार नेतृत्वकर्ताहरुसँगै बसे र नियन्त्रणका लागि पहल चाले जसरी चिनियाँ लिडरले यहाँ गरे।

मैले सधैं भन्दै आएको छु, चीनले स्वतन्त्रताका पक्षमा यहाँको जीवनको अधिकारको पक्षमा कोरोना भाइरसको नियन्त्रण गरेको हो। केही देशहरुले आफुलाई स्वतन्त्रताको च्याम्पियनका रुपमा दाबी गरेका थिए, तर जब मानवजीवनको सवाल आयो तब उनीहरुले स्वतन्त्रताको दाबी गर्न सकेनन्।

चीनको नेतृत्वले जसरी जनताको जीवनको महत्वलाई ध्यान दिए, त्यसरी नै नेपालले पनि हात फैलायो र चीनसँग हात जोड्यो। चीनले हामीलाई सहयोग गर्यो। यदि हामी माहाारीविरुद्ध लड्यौं भने हामीले यसलाई नियन्त्रण गर्न सक्छौं। यदि हामीले एक अर्कालाई दुर्व्यवहार गर्छौ र सामुहिक रुपमा लड्दैनौं भने यो जारी रहनेछ र यसले मानवजीवनलाई पराजित गर्ने प्रयत्न गर्नेछ।  राजनीतिक नेताहरुले जे भने पनि जनताहरुले एकताको महत्व बुझिसकेका छन्। रणनीतिक रुपमा भन्नु पर्दा केही देशहरु एकतर्फीरुपमा लागि परेका छन्। तर, यो २१ औं शताब्दी हो र अहिले एक्लौटिपनले काम गर्दैन र मानिसहरुको माग पनि एक्लौटिपन हैन् बहुपक्षीय हो।

जीटीः नेपाल र दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रबीच लामो सीमा रहेको छ, तपाइले नेपाल र तिब्बतबीचको सहकार्यलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

पाण्डेः तिब्बत चीनको भाग हो, तिब्बत र नेपालबीच लामो सम्बन्ध छ र हामी दृढतापूर्वक एक चीन नीति अबलम्ब गर्छौं। जेसुकै होस, मकाओ होस्, हङकङ, ताइवान या तिब्बत चीनको प्रत्येक भागमा हामी एक चीन नीतिको स्वागत गर्छौं। तिब्बत छोडेका केही मानिसहरु भारतमा रहने गर्छन्। भारत र नेपालबीचको खुला सीमाका दुरुपयोग गर्दै केही अनावश्यक तत्वहरु प्रवेश गर्न खोज्छन्। उनीहरु हाम्रो सम्बन्धमा दरार उत्पन्न गर्न आफ्नो पुरा कोशिस गर्छन्। हामी तिनीहरुलाई अनुमति दिँदैनौं र नियन्त्रण गर्छौ,  हाम्रो माटोलाई हाम्रो साथीकोविरुद्ध प्रयोग गर्न दिँदैनौं।

तिब्बती सीमा नजिकका केही नेपाली तिब्बत प्रवेश गर्छन् र तिब्बती नेपाल प्रवेश गर्छन्। अर्को राम्रो कुरा भनेको दुवै पक्षबीच एउटै संस्कृति, भाषा र भावना रहेको छ, त्यसकारण तिब्बत र नेपालबीच कुनै किसिमको समस्या छैन्। केही नेपाली सामाग्री तिब्बतमा निर्यात हुन्छन् र हामीले पनि चीनबाट थुप्रै सामाग्री आयात गर्छौं। रोडहरु निमार्णको काम एवं रेलमार्ग सञ्चालनमा आइसकेपछि व्यापारिक गतिविधिहरु अझैं बढ्ने छन्।

जीटीः केही मानिसहरुले भने कि महामारीले विश्वको क्रम परिवर्तन गर्छ,  केही भारतीय मिडियाले भनेकी नेपाल भारतबीचको सम्बन्ध बिग्रिँदै गइरहेको छ, तपाई माहामारी पश्चातको समयमा चीन र नेपाबीचको सम्बन्धको भविष्यवाणी कसरी गर्नुहुन्छ ?

पाण्डेः यसमा कुनै शंका छैन्, कि धेरै रिपोर्टहरुले चीन र नेपालको सम्बन्ध राम्रो छैन् भन्दै आएका छन्, खासगरी भारतबाट। यो गलत प्रोपागाण्डा हो। चीनसँगको सम्बन्ध बिग्रिनुकालागि हामीसँग त्यस्तो कुनै कारण छैन्। माहामारी पश्चात बहुपक्षीयता र एकता अघि बढ्नेछ। त्यसकारण जो पक्षपाती छन् तिनीहरु पछाडि छोडिनेछन्। विश्वमा केही परिवर्तनहरु आउनेछन् तर, पछि परेका देशहरु विकसित देशबाट सहयोग पाउँनेछन्।

अन्त जस्तोसुकै परिवर्तन भएपनि हाम्रो द्धिपक्षीय सम्बन्धमा कुनै प्रभाव पर्नेछैन् । हामीबीच फरक राजनीतिक संस्कृति भए पनि अझैं धेरै कुराहरु साझा रहेका छन्। बीआरआई चीनले प्रस्ताव गरेको धेरै राम्रो पहल हो। तर, वैचारिक भिन्नताका कारण यसको आलोचना भएको छ। तर, त्यो आलोचना सफल हुँदैन्, किनभने आलोचना आलोचना हो । यसले मानिसको जीवनमा कुनै परिवर्तन ल्याउँदैन्।  मानिसहरुले सधैं आफ्नो जिवन समृद्ध र खुसी भएको हेर्न चाहन्छन्।



नयाँ