arrow

नेपालगन्जका तरुण दल सभापति सन्दिप शाह रिहा

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज १४ बुधबार
sandip-saha.jpg

नेपालगन्ज । नेपाल तरुण दल नेपालगन्जका नगर सभापति सन्दिपजंग शाह जेलमुक्त भएका छन्। 

नेता शाहलाई बाँके जिल्ला अदालतले बुधबार रिहा गरेको नेपाल विद्यार्थी संघ नेपालगन्ज नगर सभापति अनुज बर्माले जानकारी दिएका छन् । 

शाह हात हतियार मुद्दामा बिगत ११ महिनादेखि पुर्पक्षका लागि बाँके कारागारमा रहदै आएका थिए। शाहले अदालतले दिएको भन्दा बढी कैद भुक्तान गरिसकेकाले उनलाई बुधबार  रिहा गरिएको हो। 

शाहलाई गत कार्तिक १४ गते प्रहरीले पक्राउ गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ