arrow

चिकित्सकलाई सुझाव ‘कि केसीलाई मनाउनुस् कि सरकारलाई’

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
dr-govinda-kc3.jpg

काठमाडौं । १८ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर भएको छ । डा केसीको स्वास्थ्य गम्भीर भए पनि सरकारले कुनै वास्ता देखाएको छैन । 

डा केसीको जीवनरक्षाका लागि विभिन्न संघसंस्थाबाट सरकारलाई दवाव दिँदासमेत सरकारले वास्ता गरेको छैन । 

कतिपय मन्त्रीहरु आफ्नो जिम्मेवारीभित्र नपर्ने भन्दै पन्छने गरेको समेत पाइएको छ । 

त्यसैगरी विभिन्न निकाय पनि टाढिएका छन् । यसअघि भन्दा फरक तरिकाले अहिले सरकारका कोही पनि प्रतिनिधि गएका छैनन् । 

यसैबीच डा रामेश कोइरालाले सामाजिक संजालमार्फत सबै डाक्टरहरुलाई आव्हान गर्दै लेखेका छन्, ‘कि केसीलाई मनाउनुस् कि सरकारलाई’ ।

उनले चिकित्सकहरुलाई अलि कठोर शैलीमै भनेका छन्, ‘तपाईँभित्र आत्मा बाँकी छ भने कृपया कुर्सीमा को छ भनेर नसोच्नुस् । केसकिो ज्यान बचाउन त बोल्नुस् ।’

यसो लेखेका छन् उनले, ‘ए डाक्टर साबहरु, तपाईँभित्र आत्मा बाँकी नै छ भने कृपया कुर्सीमा को छ भनेर नसोच्नुस् ! केसीको ज्यान बचाउन त बोल्नुस् ! नबोले पनि कि केसीलाई मनाउनुस् कि त सरकारलाई। तपाईँको पद र दल त्यति ठूलो हो र ? गुलामी नगरी भोकै पर्नु हुन्छ र ? कहिल्यै म हत्याको मुकदर्शी भएँ भन्ने लाग्दैन ?’ 

डा केसी गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका छन् । हाल उनी शिक्षण अस्पताल महाराजगञ्जमा रहेका छन् । 

सरकारले जवरजस्ती असोज ६ गते नै डा केसीको स्वास्थ्य बिग्रियो भन्दै जुम्लाबाट काठमाडौं ल्याए पनि अहिलेसम्म जीवनरक्षाका लागि कुनै कदम चालेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ