arrow

यसरी बनेको थियो विश्वको पहिलो लिपस्टिक, केही रोचक तथ्यहरु

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
lipstick11.jpg

काठमाडौं । विश्वका प्रत्येक महिला तथा युवतीको मेकअपको सूचीमा सबैभन्दाा पहिला आउने नाम हो – लिपस्टिक । लिपस्टिक विना राम्रो मेकअप पनि अधुरो हुन्छ । 

यद्यपि लिपस्टिकबारे केही तथ्यहरु भने सबैलाई थाहा नहुन पनि सक्छ । सुमेरियन सभ्यताका महिलाले सबैभन्दा पहिला लिपसिटक प्रयोग गर्न सुरु गरेका थिए । लिपस्टिक प्राकृतिक संसाधनबाट निर्माण गरिन्छ । जसमा कही फलहरु, माटो, कीराफट्याङ्ग्राको प्रयोग गरिन्छ । 

यो मामिलामा मेसोपोटामिया सभ्याताका महिलाहरु केही फेन्सी मानिन्थे । त्यतिबेला उनीहरु महँगा रत्नहरुलाई पिसेर आफ्नो ओठमा लगाउने गर्थे । 

१९ औं शताब्दीको अन्तिमसम्ममा एक फ्रान्सेली कस्मेटिक कम्पनी गुउरलेनले लिपस्टिकको निर्माण सुरु गरेको थियो । पहिलो व्यावसायिक लिपस्टिकको आविष्कार १८८४ मा पेरिस, फ्रान्सका निर्माताले सुरु गरेका थिए । उक्त लिपस्टिक रेशमको कागज, मह,दहीलगायतका उत्पादनहरु प्रयोग गरेर निर्माण गरिन्थ्यो । 

१९५२ मा रानी एलिजाबेथले लिपस्टिक बनाएकी थिइन् । जसको नाम ‘बालमोरल’ राखिएको थियो । अरब वैज्ञानिक अबुलकोसिले सबैभन्दा पहिला ९ औं शताब्दीमा ठोस लिपस्टिकको आविष्कार गरेका थिए । 

विश्वको सबैभन्दा महँगो लिपस्टक गुएरलेनको विशेष किसमिस गोल्ड र डायलमण्डब लिपस्टिक हो । यसको मूल्य करिब ६२ हजार डलर थियो । 

पर्याप्तरुपमा यो लिपस्टिक भने होइन तर वास्तवमा यो १ सय ९९ हीरा र १ सय १० ग्राम सुनबाट बनेको हो । मर्लिन मुनरो र एलिजाबेथ टेलर केवल रातो लिपस्टिकको प्रयोग गर्ने गर्थे । जसको कारण गाढा रातो रङको लिपस्टिक लोकप्रिय बन्न पुगेको थियो ।

एक अध्ययनका अनुसार जो महिला लिपस्टिक लगाउँदैनन्, उनीहरु लिपस्टिक लगाउने महिलाभन्दा पुरुषलाई बढी आकर्षित गर्ने किसिमका हुन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ