arrow

नेतन्याहुको ‘अतिवादी सरकार’ का वातावरणमन्त्रीको राजीनामा

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
israel-environment-minister-resign.jpg.jpeg
जेरुसेलम । इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको अतिवादी सरकारका वातावरणमन्त्रीले राजीनामा दिएका छन् । 
 
नेतन्याहु सरकारमा एक कट्टरपन्थी राष्ट्रवादी समूहको सदस्यको नियुक्तिलाई लिएर वातावरणमन्त्री अभी गाब्वेले शुक्रबार राजिनामा दिनुभएको हो । सरकारका अर्का एक मन्त्रीले पनि एक हप्ता अगाडि राजिनामा दिनुभएको थियो । 
 
मन्त्री गाब्वेले प्रधानमन्त्री नेतान्याहुमाथि देशलाई विनासतिर धकेल्ने बाटो लिएको भन्दै जारी गरेको विज्ञप्तिमा कडा शब्दमा आलोचना गरेका छन्  । गाब्वेले नेतन्याहुले गरेको पछिल्ला कामप्रति असहमति जनाउँदै रक्षा मन्त्रालय पूर्व जनरल मोसे यालनबाट खोसी अभिगदोर लाइबरम्यानलाई दिनुभएको गल्ती भएको बताए । 
 
लाइबरम्यानले प्यालेष्टिनी आतंककारीमाथि कडा कारबाही गर्न आग्रह गर्दै आएका थिए । यालुनले नेतन्याहुले पार्टीभित्र र देशै भरी अतिवादलाई आश्रय दिएको बताउँदै यसले देशमा अतिवादी तरंग पैदा भएको बताएका थिए । 
 
मन्त्री गाब्वेद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री नेतन्याहुले एक विचारशील तथा अनुभवी रक्षामन्त्रीलाई हटाएको कुरा आफूलाई स्वीकार्य नभएको र प्रधानमन्त्रीका यस्ता कदमबाट राष्ट्रमा अतिवादी सोचले ठाउँ पाउँदा देश विनासको बाटोमा जाने उनको दाबी छ । 
 
संसारका अतिशक्तिशाली राष्ट्रलाई चिढाउने गरी सरकारको सदस्यका रुपमा रहिरहन सहज हुन नसक्दा आफूले राजिनामा दिएको गाब्देले थपे ।
 
यालोनलाई हटाई लाइबरम्यानलाई सरकारको रक्षामन्त्री नियुक्त गरेपछि अमेरिकाले नयाँ सरकारको गठबन्धनबाट सरकारको बैधतामाथि नै शंका उत्पन्न भएको बताएको थियो । नयाँ गठबन्धनसँगै नेतन्याहु सरकारको इजरायल र प्यालेष्टियनबीचनको समस्या समाधानको प्रतिबद्धतालाई नयाँ गठबन्धनले पूरा गर्न उद्धत हुनेमा आशंका व्यक्त गरेको थियो । 
 
यद्यपि, सन् २०१४ पछि इजराजय र प्यालेष्टाइनबीचको शान्ति वार्तामा गतिरोध आएपनि छिट्टै यसलाई गति दिने प्रधानमन्त्री नेतन्याहुले बताए । 
 
उता प्यालेष्टाइनले भने लाइवरम्यानालाई रक्षामन्त्री नियुक्त गरेसँगै क्षेत्रीय स्थिरतालाई जोखिममा पुर्‌याएको गत बुधबार नै जनाएको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ