arrow

भो नसुत डा. केसी

logo
लिला बल्लभ नेपाल
प्रकाशित २०७७ असोज १५ बिहिबार
dr-kc-bed.JPG

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा 
निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ,

के गर्छौ र डा. केसी तिम्रा शरिरका रौंहरु
पलपल गनि गनि लुटिन्छ यहाँ,

तिमी नखाएर सुत्छौ त के भो
यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ,

भो नसुत अब घुम्ने मेच माथी डा. केसी
तिमी बलिको बोको बन्ने निश्चित छ,

यो देशका काकाहरुलाई तिमी मरेकैमा फाइदा छ,
भो नसुत अब निर्दाहरुको पक्षमा,

उठ जुरुक्क डा. केसी जाउँ तिमी जनताको माझमा
अनि उठाउ निमुखाले जीवन जीउने एजेण्डाहरु,

तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी,

म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा. केसी?
डाक्टर बन्न त धनीको कोखमा पो जन्म लिनुपर्छ हैनर ?

तिम्रो इमानले यो देश चल्ने भए
बेइमानले भिखारी बनेको कहाँ सुहाउँछ र यहाँ,

भो नसुत डा. केसी तिम्रो इमानको खरानी 
दलिसके चण्ड मुण्डहरुले त्यो सुकिलो अनुहारमा,

तिमी भीरको चिचिण्डो बन्नु अघीनै उठ जुरुक्क डाक्टर केसी
शहरका भाग्यले ठगिएकाहरुलाई तिम्रो खाँचो छ,

तिम्रो अस्तित्व मेटिदा गरिबको अस्तित्व अवश्य डग्मगाउने छ,
तिमी उठेनौ भने म कसरी डाक्टर बनुँला र

त्यसैले त तिमीलाई स्वागत गर्न पर्खिरहेछु गरिबको झुपडी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ