arrow

शुक्रबार घट्यो सुनको मूल्य, तोलाको कति?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्राबार प्रतितोला २ सय रुपैयाँका दरले सुनको मूल्य घटेको हो । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमाचाँदीको मूल्य ११ सय ७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । बिहीबार तुलनामा शुक्रबार चाँदीको मूल्यको स्थिर हो । उक्त मूल्य बिहीबार नै निर्धारण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ