arrow

समय मिलाएर हेरौ यी चलचित्र

गान्धी जयंती हेर्नै पर्ने पाँच फिल्म, जसले गान्धीको विचारलाई बनाए जीवन्त

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
gandi2.jpg

काठमाडौं । अहिंसाको मन्त्र सिकाउने  भारतीय स्वतन्त्रता संग्रामका महानायक एवं भारतीय राष्ट्रपिता महात्मा गान्धीको जन्म २ अक्टोबरमा भएको थियो। त्यस दिनदेखि २ अक्टोबरलाई गान्धी जयंतीको रूपमा मनाइन्छ। गान्धीको आदर्श र विचारलाई आजसम्म कसैले बिर्सेको छैन। गान्धीजीको विचारमा केवल पुस्तक मात्र नभइ बलिउडमा धेरै फिल्महरू पनि बनिसकेका छन्। यी फिल्महरूका माध्यमबाट गान्धीजीका विचारहरू अमर बनेका छन्।

गान्धी (१९८२)
गान्धीको जीवनीमा बनेको पहिलो फिल्म १९८२ मा रिलिज भएको थियो। यस फिल्मको नाम 'गान्धी' हो। रिचर्ड एटनबरो निर्देशित फिल्ममा हलिउड अभिनेता बेन किग्स्लेले गान्धीको भूमिकामा अभिनय गरेका छन्। फिल्म एंग्लो-इंडिया प्रोजेक्टमा बनेको थियो। बेन बाहेक फिल्ममा अमरीश पुरी, ओम पुरी, रोहिणी हट्टंगनी र रजित कपूर जस्ता कलाकारहरू छन् । यो फिल्म गान्धीको सर्वश्रेष्ठ बायोपिक मध्येको एक हो। यस फिल्मले गान्धीको सिद्धान्त र आदर्शलाई प्रकट गर्दै आठवटा ओस्कार र बाफ्टा, ग्र्यामी, गोल्डेन ग्लोब र गोल्डन गिल्ड सहित २६ अवार्ड पाएको थियो।

सरदार (१९९३)
 सन् १९९३  को फिल्म सरदारमा गान्धीको भुमिका अभिनेता अन्नु कपूरले खेलेका थिए। यो फिल्म सरदार वल्लभभाई पटेलको जीवनमा बनाइएको थियो। तर गान्धीको विचारहरूले यसमा पूर्ण योगदान पुर्‍याएको छ। यस फिल्मले गान्धी र पटेलको संघर्षलाई चित्रण गरिएको छ। फिल्मले दुई उत्कृष्ट नेताहरूको विचारधारा धेरै राम्ररी वर्णन गरेको छ । यस फिल्ममा अभिनेता परेश रावलल सरदार पटेलको भुमिकामा छन्।

द मेकिंग अफ महात्मा (१९९६)
फिल्म 'द मेकिंग अफ महात्मा' फातिमा मीरको पुस्तक 'द अप्रेंटिसशिप अफ ए महात्मा' मा बनाइएको हो। फिल्म श्याम बेनेगलले निर्देशन गरेका हुन्।  गान्धीलाई महात्मा कुन चिजले बनायो यो चलचित्रमा देखाइएको छ ।  फिल्ममा गान्धीको चरित्र अभिनेता रजित कपूरले निभाएका थिए।

लागे रहो मुन्नाभाई (२००६)
२००६ मा रिलिज भएको फिल्म लागे रहो मुन्नाभाई कमेडी फिल्म हो। फिल्ममा महात्मा गान्धीका विचारहरू मानिसहरूसम्म अलग तरिकाले पुर्‍याइयो। फिल्ममा अभिनेता संजय दत्त मुख्य भूमिकामा थिए। फिल्ममा संजयले गान्धीलाई देख्थे र गन्धीलेआफ्नो विचार सुनाएर उनका समस्याहरूको हल गर्थे। फिल्ममा गान्धीको भुमिका अभिनेता दिलीप प्रवलकरले निभाएका थिए।

गान्धी माई फादर (२००७)
हामी सबैलाई गान्धीको बारेमा थाहा छ। तर उनीप्रति उनको परिवारको दृष्टिकोण २००७ को फिल्म 'गान्धी, माई फादर' मा देखाइएको छ। फिल्ममा गान्धीको चरित्र अभिनेता दर्शन जरीवालाले खेलेका थिए, भने उनका छोराको चरित्र अभिनेता अक्षय खन्नाले निभाएका थिए। फिल्ममा गन्धीका छोरालाई गान्धी देशका बुबा बने पनि आफ्नो बुबाको दायित्व पूरा गर्न नसकेको देखाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ