arrow

हाम्रोपात्रोमा अब मन परेको समाचार मात्रै रोजेर पढ्न पाइने

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
hamro-patro-cover.jpg

काठमाडौं। हाम्रोपात्रो एपले न्युज पर्सनालाइजेसन फिचर बेटा भर्सनमा उपलब्ध गराएको छ। हाम्रो पात्रोले बिहीबार एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि न्युज पर्सनालाइज फिचर बेटा भर्सनमा उपलब्ध गराएको हो। यो सँगै अब हाम्रोपात्रोका प्रयोगकर्ताहरुले आफुलाई मन पर्ने समाचार मात्रै रोजेर पढ्न पाउने भएका हुन्।

हाम्रोपात्रोले आफुलाई मन पर्ने समाचार स्रोतलाई खोजेर पढ्न मिल्ने सुविधा उपलब्ध गराएको जानकारी गराउँदै हाल सम्म सिमिट प्रयोगकर्तामा रहेकाले आगामी हप्तासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध गराउने जानकारी गराएको छ। अबको केही दिनमा आइफोन प्रयोगकर्ताहरुका लागि समेत उक्त सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची तथा आवश्यकता अनुसारका समाचारहरु तयार पर्सनालाइज गर्न सक्ने भएका हुन्। पाठकले आफुले रोजेको समाचार रोजर पढ्नका लागि एपको समाचार खण्डमा ‘फोर यु’ अर्थात ‘तपाईको लागि’ फिचर प्रयोग गरी समाचार स्रोत र समाचारको क्याटेगरी रोज्न सक्ने हाम्रो पात्रो इंकले जनाएको छ। हाम्रो पात्राले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो। उक्त फिचर हाम्रोपात्रो एपमा हाल सर्वाधिक रुचाइएको बनेको पनि कम्पनीले दावी गरेको छ।

एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन्। समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो।

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रोपात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए।

कसरी प्रयोग गर्ने हाम्रो पात्रोको बेटा भर्सन

  • हाम्रो पात्रोको एन्ड्रोइड बेटा भर्सन प्रयोग गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । 
  • अब ‘बिकम अ टेस्टर’ बटनमा ट्याप गर्नुहोस् । 
  • यति गरेसँगै तपाईंको मोबाइलमा रहेको हाम्रो पात्रो स्वतः बेटा भर्सनमा रुपान्तरण हुनेछ । 
  • यदि तपाईंको स्मार्टफोनमा हाम्रो पात्रोको एप इन्स्टल गरिएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।
  • अब हाम्रो पात्रो एप खोल्नुहोस् र समाचार खण्डमा प्रवेश गर्नुहोस् । 
  • त्यहाँ अब तल पुछारको दोस्रो विकल्पमा ‘तपाईंका लागि’ विकल्प देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।
  • हाम्रो पात्रो लगइन छैन भने त्यहाँ दिइएको लगइन बटनमा थिच्नुहोस् ।
  • लग इन गरेसँगै तपाईंले अब प्लस ९जोड० चिन्ह देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् । 
  • अब त्यहाँ देश, साहित्य, स्वास्थ्य, प्रविधि, अर्थ, विश्व, मनोरञ्जन, खेलकुद जस्ता समाचार वर्गहरु देख्नुहुनेछ । 

त्यसमा आफूलाई मन पर्ने वर्गहरु छान्नुहोस् र माथि दायाँ कुनामा रहेको ‘अर्को’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले विभिन्न न्युज पोर्टलहरु देख्नुहुनेछ ।
जसबाट तपाईं कुन कुन न्युजपोर्टलको समाचार पढ्न चाहनुहुन्छ रोजेर माथि दायाँ कुनामा रहेको ‘भयो’ मा दबाउनुहोस् ।   यति गरेसँगै अब हाम्रो पात्रोको एपमा अघिकै ‘तपाईंको लागि’ अप्सनमा जानु भयो भने त्यहाँ तपाईंले रोजेका समाचार मात्रै देखा पर्नेछन् ।  यदि तपाईं हाम्रो पात्रोको बेटा टेस्टिङ भर्सनबाट पब्लिक भर्सनको एपमा फर्किन चाहनुहुन्छ भने यसलाई अनइन्स्टल गरी पब्लिक भर्सनको एप इन्स्टल गर्न सक्नुहुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ