arrow

ओली-दाहाल सहमतिपछि प्रदेश ५ को स्थायी राजधानी बारे प्रदेश सभामा प्रस्ताव पेश

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
pradesh-bhawan-51.jpg

रुपन्देही । प्रदेश-५ को स्थायी राजधानी र नामको टुंगो लगाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश नं.५ सरकारले प्रदेश सभामा शुक्रवार (आज) प्रस्ताव पेश गरेको प्रदेश सभा स्रोतले जनाएको छ । 

स्रोतका अनुसार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको भालुवाङमा स्थायी राजधानी राख्नका लागि सहमति जनाएपछि प्रदेश सरकारले शुक्रवारको बैठकमा सो प्रस्ताव पेश गरेको हो । शुक्रवार दिउँसो वसेको प्रदेश सभा बैठकमा उक्त प्रस्ताव पेश गरिएको हो ।

स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा रहने गरी प्रस्ताव गरिएको छ । यसैगरी प्रदेशको नाम लुम्बिनी रहने गरी प्रदेश सभामा प्रस्ताव पेश भएको जनाईएको छ । शुक्रबार बसेको प्रदेश सभाको ६ औं अधिवेशन तथा २९ औं बैठकमा प्रदेश नं.५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले प्रस्ताव पेश गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ