arrow

प्रदेशको विषयमा फेरी ताँतिदै बुटवल

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
butwal6.jpg

रुपन्देही । विभिन्न आन्दोलन तथा विरोधका कार्यक्रमहरु हुने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार (आज) पुनः तातिएको छ । कोरोना भाईरसको कहरमा पनि बुटवलका सडकमा टायरका कालो धुँवाको मुस्लो उड्न थालेको छ । यसअघि सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि १० अर्ब रुपैयाँ खर्च भएको भन्ने कुरा सार्वजनिक गरेपछि सो विषयमा देशका विभिन्न स्थान संगै बुटवलमा पनि यहाँका युवाहरुले विरोध जनाएका थिए । 

यस्तै शुक्रवार प्रदेश नं.५ को स्थायी राजधानीका लागि दाङ प्रस्ताव गरेको विरोधमा बुटवलका विभिन्न स्थानमा विरोध शुरु भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश–५ का आन्तिरक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्ग क्षेत्र र नाम लुम्बिनीका लागि प्रस्ताव पेश गरेका छन् । 

यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच दाङलाई प्रदेश नं.५ को स्थायी राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले सो निर्णय गरेको वताईएको छ । नेकपाका प्रदेश– ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गर्दै आएको वुझिएको छ । मुख्यमन्त्री पोख्रेल दाङका स्थायी बासिन्दा हुन् । भने नेकपाका महासचिव विष्णु पौडेल रुपन्देही वासी हुन् । दुवै नेताले आ–आफ्नो दाउमा प्रदेशको स्थायी राजधानी बनाउने पक्षमा उभिदै आएका थिए ।

गुमनाम जस्तै भएको प्रदेशको स्थायी राजधानी विषय एकाएक वाहिर आएपछि आफ्नै जीवनशैलीमा व्यस्त रहेका बुटवलबासीहरु यतीवेला बुटवलका सडकमा टायर वाल्न व्यस्त रहेका छन् । नारावाजी गर्दै उनीहरुले सडकमा टायर वालेर विरोध जनाएका छन् । यस्तै थप सम्भावित घटना घट्न सक्ने भन्दै प्रर्दशन क्षेत्रमा ठूलो प्रहरीको संख्या परिचालन गरिएको छ ।  

यसैविच सो विषयमा रुपन्देही काँग्रेसले एक विज्ञप्ती जारी गर्दै, दाङ स्थायी राजधानी वारे आफ्नो पार्टीलाई मान्य नहुने जनाउँदै, थप विरोधका कार्यक्रमहरु अघि सारिने वताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ