arrow

अर्को अस्पताल लैजाँदै गर्दा संक्रमितको एम्बुलेन्समै मृत्यु

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
Dead_Body.jpg.jpeg

लहान । कोरोना संक्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । 

 विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । 

उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ