arrow

प्रदर्शनकारीद्वारा पाँचवटा सरकारी गाडीमा तोडफोड, एउटा स्कुटरमा आगजनी 

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
butwal-todfod.PNG

रुपन्देही । प्रदेश नं.५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्गमा सार्ने प्रस्ताव शुक्रवार (आज) प्रदेश सभामा प्रस्ताव पेश गरेलगत्तै बुटवलमा उत्रिएका दर्शनकारीहरुले ५ वटा सरकारी गाडीमा तोडफोड  र एउटा सरकारी स्कुटर माथि आगजनी गरेका छन् ।

अस्थायी राजधानी तोकिएको बुटवल वाट एकाएक नेपाल कम्युनिष्ट पार्टीले प्रदे नं.५ को स्थायी राजधानी वनाउनका लागि दाङको भालुवाङ्ग स्थित राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगालाई समेट्ने गरी प्रस्ताव पेश गरेपछि सोको विरोधमा बुटवलमा निकालिएको विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सडकमा सवार सरकारी गाडी माथि तोडफोड गरेको नेपाली काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले (हाम्रा कुरा) संगको कुराकानीमा वताए ।

प्रदेश सरकारले शुक्रबारको बैठकमा स्थायी राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो । सचिव खाँणले दिएको जानकारी अनुसार ५ वटा गाडीमा तोडफोड भएको जनाएका छन् । ५ वटा भनिए पनि तर ३ वटाको मात्रै गाडी नम्वर फेला परेको छ । प्रस्ताव पेश भएको केही समयपछि नेविसंघ रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको हो ।

यसरी तोफोड हुनेमा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो गाडी, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडी पनि तोडफोड भएको छ । तर त्यो कुन निकायको हो भन्ने वारे खुल्न सकेको छैन् । नेविसंघले प्रदेश राजधानीलाई बुटवल बाट दाङ सार्न नदिनका लागि शनिवार पार्टीको वृहत वैठक वस्ने र थप आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने वताएको छ । शनिवार राँके जुलुस एंव प्रदर्शन गरिने र माग सम्वोधन नभए रुपन्देहीमा वन्द आह्वान गरिने वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ