arrow

इन्डियन प्रिमियर लिगः सनराइजर्सको लगातार दोस्रो जित, चेन्नई पुछारमा 

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
ipl-haidarabad.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२०  क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार दोस्रो जित निकालेको छ ।

दुबईमा शुक्रबार राति भएको खेलमा डिफेन्डिङ रनर अप चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका रबिन्द्र जडेजाले ३५ बलमा ५० तथा कप्तान महेन्द्र सिंह धोनीले ३६ बलमा नटआउट रहँदै ४७ रन बनाए पनि टोलीको हार रोक्न सकेनन् ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

हैदराबादका लागि प्रियम गार्गले नटआउट रहँदै ५१ रन बनाए । 

चेन्नईका दिपक चाहरले दुई विकेट लिए । 

अंक तालिका 
लगातार दुई हारपछि लगातार दुई जित निकाल्दै हैदराबाद अंक तालिकाको चौथो स्थानमा पुगेको छ । 

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई हराएपछि लगातार तीन खेल हारेको चेन्नई पुछारमा छ । 

मुम्बई, दिल्ली क्यापिटल्स्, कोलकाता नाइट राइडर्स, हैदराबाद, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरको ४–४ अंक छ । 

किंगस इलाभेन पंजाब र चेन्नईको २–२ अंक रहेको छ । 

शनिबारको खेल
शनिबार २ खेल हुँदैछन् । जारी सिजनमा पहिलो पटक एकैदिन दुई खेल हुँदैछन् । 

बैंगलोर र राजस्थानले दिउँसो ३ः४५ बजे आबुधाबीमा खेल्दैछन् ।

बेलुकी ७ः४५ बजे दिल्ली र कोलकाता शारजहा स्टेडियममा खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ