arrow

अध्ययनको नतिजा : दही खाऔं, हृदय रोगबाट बचौं

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
curd.jpg

काठमाडौं । एउटा पछिल्लो अध्ययनले यो पुष्टि गरेको छ कि धेरै दही खाने व्यक्तिलाई हृदयसँग जोडिएका रोगहरु एकदमै कम हुने गरेको छ । अमेरिकन जर्नल अफ हाइपरटेन्शनमा गरिएको यो अध्ययन अनुसार वयस्क मानिसले आफ्नो खानामा दहीको मात्रा बढाएको खण्डमा उनीहरुको हृदयसँग जोडिएका रोगसँग छुटकारा पाउनको लागि मद्दत मिल्नेछ । 

रिसर्च टीमले यसको अध्ययन गर्नको लागि दुई किसिमका टोली बनाएका थिए । जसमा प्रयोग गरिएका व्यक्तिहरु हाई ब्लड प्रेशरबाट पीडित थिए । यस रिसर्चमा ५५ हजार ८ सय ९८ जना महिला सहभागीहरु राखिएको थियो । उनीहरुको उमेर ३० देखि ५५ वर्षसम्मको थियो । त्यस्तै, उनीहरुले सन् १९८०मा नर्सेज हेल्थ स्टडीको लागि आफ्ना नाम पनि लेखाएका थिए । उनीहरुको पनि यसमा मुल्यांकन गरिएको थियो । त्यतिबेला १८ हजार २ सय ३२ पुरुष सहभागी थिए । उनीहरुको उमेर ४० देखि ७५ वर्षसम्मको थियो । उनीहरुले १९८६मा हेल्थ प्रफेशनल फलो अप स्टडी समेत सहभागीता जनाएका थिए । 

यस स्टडीको विस्तृत नतीजा आउँदा बढी दही खाने मानिसमा खतरा घटेको भेटिएको छ । स्टडीमा शामेल भएका प्रतियोगीमध्ये सातामा कम्तिमा दुर्इ पटक दही खाने गरेको छ । उनीहरुमा हृदयसँग जोडिएका रोगहरु राग्ने सम्भावना २० प्रतिशतसम्म घटेको भेटिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ