arrow

प्रदेश ५को राजधानी भालुवाङलाई बनाउने पक्षमा मतदान गर्न सांसदलाई नेकपाको ह्विप  

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १७ शनिबार
pradesh-5_sava_hall1.JPG

रुपन्देही । दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई नेकपाले ह्विप जारी गरेको छ।  प्रदेश ५ को नेकपा संसदिय समितिको शनिवार बुटवलमा करिव ६ घण्टा बसेको बैठकले आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय गरेको हो ।  

शुक्रबार बसेको प्रदेश सभाको छैठौं अधिवेशन तथा २९ औं बैठकमा प्रदेश नं.५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्विनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए ।  

वैठकले प्रदेश सभामा पेश गरिएको प्रस्तावित प्रदेशको स्थायी राजधानी दाङका लागि मतदान गर्न नेकपाका सांसदहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको नेकपाका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

सचेतक ढकालका अनुसार बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका थिए । कपिलवस्तुका सांसदहरुले कपिलवस्तुमा प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने धारणा राखेका थिए । 

बैठकमा अर्घाखाँची र गुल्मीका सांसदहरु विपक्षमा रहेनन् भने वाँके, वर्दिया, प्युठान, रोल्पा र रुकुम पूर्वका सांसदहरुले वैठकमा प्रदेश सरकारले ह्विप लगाउने निर्णयको समर्थन जनाएका थिए । प्रदेश सभामा पेश गरेको प्रस्ताव माथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ