arrow

राजधानी बुटवलबाट सार्ने प्रस्ताव बिरुद्ध रुपन्देही कांग्रेसको राँके जुलुस

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १७ शनिबार
tourch-rally-rake-julus.jpg

रुपन्देही । प्रदेश नं.५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले शनिवार साँझ वुटवलमा राँके जुलुस निकालेको छ। राँके जुलसका सहभागीहरुले सरकारले रुपन्देही आसपासका जिल्लाका नागरिकहरुलाई धोका दिएको आताएका थिए। उनीहरुले रुपन्देहीबाट प्रतिनिधत्व गर्ने सांसद बिष्णु पौडेलले अर्थमन्त्रीसँग राजधानी साँटेर वुटवलका जनतालाई धोका दिएको समेत बताए । राँके जुलुसपछि बुटवलको मिलनचोकमा कोणसभा समेत गरिएको थियो।

कोणसभामा बोल्दै नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले बुटवलबाट राजधानी सार्न खोजिए स्थिती थप खराब वन्ने चेतावनी दिए । उनले प्रदर्शनलाई दवाउन खोजिए त्यसबाट उत्पन्न प्रतिक्रियाको जवाफदेही सरकार हुने चेतावनी दिए । नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले पनि प्रदेश राजधानी वुटवलबाट सार्न नहुने भन्दै त्यसो गरिए सडक संघर्ष अझ कडा बनाइने बताए । 

कांग्रेस रुपन्देहीको शनिवार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरे लगत्तै साँझ राँके जुलुस गरिएको हो। कांग्रेसले युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग समेत छलफल अगाडी बढाएको छ।

नेविसंघ रुपन्देहीको शनिवार बुटवलमा वसेको संयुक्त वैठकले अस्थायी राजधानीको रुपमा रहेको रुपन्देहीबाट प्रदेशको स्थायी राजधानी दाङ वनाउने प्रस्ताव एकाएक प्रदेश सभामा पेश गरेर तानाशाह लादेको ठहर गर्दै, रुपन्देहीबाट दाङ राजधानी सार्न नदिन विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

हाम्राकुरासंग कुरा गर्दै, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव खाँणले आईतवार जिल्ला वन्द र नेकपा पार्टीका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु राखेको बताए ।

प्रदेश सभामा शुक्रबार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलका विभिन्न स्थानहरुमा टायर बालेर कांग्रेसले विरोध जनाएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ